शिक्षामा बालबालिकाको  पहुँच सुनिश्चित

काठमाडाैं | साउन २०, २०७९

शिक्षामा बालबालिकाको  पहुँच सुनिश्चित

 

काठमाडौं:    ईश्वरपुर नगरपालिका–४ लाई  जिल्लाकै पहिलो बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित भएको वडा घोषणा गरिएको छ । उक्त वडाको सागरनाथका चारदेखि १२ वर्ष उमेर समूहका सतप्रतिशत बालबालिकालाई अनिवार्य शिक्षामा सहभागी गराइएपछि वडालाई जिल्ला कै पहिलो बालबालिकाको सतप्रतिशत शिक्षामा पहुँच सुनिश्चित भएको वडा घोषणा गरिएको हो ।

 

 वडा कार्यालयको आयोजना तथा ग्रामीण नारी उत्थान सङ्घ र सेभ द चिल्ड्रेनको सहयोगमा ‘वडाका सबै बालबालिकालाई विद्यालय पठाऔँ, शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौँ ।’ भन्ने नारासहित अभियान सञ्चालन गरेर उक्त वडालाई बालबालिका सतप्रतिशत शिक्षामा पहुँच सुनिश्चितता भएको वडा घोषणा गरिएको ग्रामीण नारी उत्थान सङ्घकी अध्यक्ष गोमादेवी न्यौपानेले बताउनुभयो । 

    

नगरपालिका र  वडा कार्यालयको विशेष सहयोगमा चारदेखि १२ वर्ष उमेर समूहका वडाका ५५३ बालबालिकालाई विद्यालय पठाउन सफल भएको अध्यक्ष न्यौपानेले जानकारी दिनुुभयो । गाउँघरमा रहेका बालबालिकालाई विद्यालयसम्म कसरी पु¥याउन सकिन्छ, के कारणले बालबालिका विद्यालय जान सकिरहेका छैनन् र शिक्षित गाउँ कसरी घोषणा गर्न सकिन्छ भन्ने विषयमा मूल्याङ्कन गरी  निरन्तर काम गर्ने नगरप्रमुख मनोजकुमार आचार्यले बताउनुभयो । उहाँले नेपाल सरकारले ल्याएको आधारभूत शिक्षा अनिवार्य नीतिलाई नगरले कडाइका साथ लागू गर्ने जानकारी दिनुभयो ।

  

 जिल्लाका २० स्थानीय निकायका २०० वडामध्ये सबैभन्दा पहिला ईश्वरपुर नगरपालिका–४ लाई बालबालिकाको अनिवार्य शिक्षामा पहुँच सुनिश्चित वडा घोषणा गरिएको उक्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिप्रसाद दाहालले बताउनुभयो ।

पोखरा: प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला क्लबस्तरीय एक दिवसीय क्रिकेटमा शनिबार २ खेल सम्पन्न भएका छन् । पोखरा र लेखनाथस्थित क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ र अरण्यज्योतिले आ–आफ्नो खेलमा जित हासिल गर...

थप पढ्नुहोस्

बागलुङ: हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो । लोकमार्गमा बाक्ल...

थप पढ्नुहोस्

पोखरा:  पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सव उत्सव र पर्वकै रुपमा हेरिन थालिएको छ । आयोजक युनाईटेड क्लबले स्थापना कालदेखिनै हरेक पुषको अन्तिम साता देखि माघको पहिलो हप्ता सम्म पोखरा महोत्सवको आयोजना...

थप पढ्नुहोस्