अरुणा लामा र तारादेवीलाई ट्रिब्यूट दिदै पोखरामा गुञ्जियो कालजयी गीतहरु

पाेखरा | चैत ३१, २०८१

अरुणा लामा र तारादेवीलाई ट्रिब्यूट दिदै पोखरामा गुञ्जियो कालजयी गीतहरु

पोखरा: नेपाली सांगीतिक क्षेत्रका नक्षत्रहरु स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीप्रति शनिबार पोखरामा पोखरेली कलाकारहरु ट्रिब्यूट दिएका छन् । 


एभरेस्ट एफएम ९३ मेगाहर्जले पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनीसँगको सहकार्यमा शनिबार पोखरामा आयोजना गरेको अरुणा लामा–तारादेवी स्मृति साँझ कार्यक्रममा पोखरेली कलाकारहरुले स्वर किन्नरी द्वय अरुणा लामा र तारादेवीप्रति ट्रिब्यूट दिदै कालजयी गीतहरु गुञ्जाएका हुन् ।

 
कला, साहित्यका अध्येता, अन्वेषक प्रकाश सायमीले स्वर साम्राज्ञी अरुणा लामा र स्वर किन्नरी तारादेवीका जीवनका अनेक आरोह अवरोहसँगै विभिन्न गीतसँग सम्बन्धित अनटोल्ड स्टोरीहरु सुनाएर कार्यक्रम शुरु भएको थियो । 


त्यसपछि पोखरेली कलाकारहरुको साझा संस्था हार्मोनीमा आबद्ध कलाकारहरुले सामुहिक रुपमा देवी बन्दना गाएर सांगीतिक कार्यक्रम शुभारम्भ भएको थियो । लगत्तै देवी गुरुङले ‘उडी जाउँ भने’, लक्ष्मी गिरीले ‘काली पारे दाइ कति राम्रो’ एलिना गुरुङले ‘भेटिनु छुटिनु त के हो र’ गीत गाउँदै सांगीतिक माहोल तताए ।
 

रजनी ऋदम राईले माया गर्नेहरुका लागि समर्पित ‘फूलै फूलको मौसम तिमीलाई’ गाउँदा होस् वा कौशल्या गुरुङले ‘यति धेरै माया दिई’ गाउँदा दर्शक पुराना दिनहरु सम्झिएर नोस्टाल्जिक बने ।


कलाकार एकपछि अर्को गर्दै स्टेज छढ्दै जाँदा सांगीतिक न्यानोपन गाढाहुँदै गयो । पोखरामा रहेरपनि राष्ट्रिय स्तरमा चर्चित ईतु जोजिजूले उकाली ओरालीहरुमा’ गाउँदा होस् वा ईतुले आफ्ना श्रीमान रामभक्त जोजिजूसँग युगल स्वरमा ‘लुकुँ लुकुँ लाग्यो मलाई’ गाउँदा दर्शकको ताली पाईरह्यो ।

 

अर्की पोखरेली गायीका सितल थापाले ‘सागुरी बारी नि है’ र सितलले रामभक्त जोजिजूसँग युगल स्वरमा ‘ए कान्छा मलाई सुनको तारा’ तथा मितु पालले ‘तिम्रा पाउहरूमा म’ गीत गाउँदा सांगीतिक महोल नै छुट्टै बनेको थियो । त्यसमा काठमाण्डौमा क्रियाशिल महिला गायिकाहरुको सांगीतिक समूह सुरशक्ति नारी समूहकी अध्यक्ष बरिष्ठ गायिका संगीता राना प्रधानले ‘फूललाई सोधें’ गीत गुञ्जाउँदा सांगीतक माहोल सुनमा सुगन्ध थपेझैं भएको थियो । सो अवसरमा बोबी सुनारले ‘पोहोर साल’ गीतको बोलमा (धुन) सुनाएर दर्शकलाई मन्त्रमुग्ध बनाएकी थिईन् ।

 
त्यस्तै पोखरेली कलाकारहरुले समूहगानतर्फ “यो मायालाई भरोसा छैन”, “हाम्रो साहेब” (माया प्रीति चलचित्रबाट), र “सुङावा जस्तो जीवन” (शान्तिदीप चलचित्रबाट) प्रस्तुत गर्दै कार्यक्रमलाई भव्य बनाए ।
 

एभरेस्ट मिडिया हाउस प्रालिकी अध्यक्ष कर्मा तमुको अध्यक्षतामा भएको कार्यक्रममा एभरेस्ट एफएमका सम्पादक दीपेन्द्र श्रेष्ठले एफएमले हरेक वर्ष स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर २०७९ सालदेखि हरेक वर्ष माघ तेश्रो शनिबार कार्यक्रम गर्दै आएको बताए । 


तर यस वर्ष माघ तेश्रो शनिबार कार्यक्रम गर्ने तयारी चलिरहँदा हार्मोनीका एक सदस्य सञ्जिव पालको असामयीक निधन भएपछि स्थगित कार्यक्रम चैत अन्तिम शनिबार गर्नुपरेको स्पष्ट पारे । सो अवसरमा स्वर्गिय स्वर साम्राज्ञी अरुणा लामा र स्वर किन्नरी तारादेवी तथा हार्मोनीका तबला वादक सञ्जिव पालप्रति श्रद्धाञ्जली अर्पण गर्दै तस्बिरमा माल्यार्पण गरिएको थियो ।
 

पोखरा महानगरपालिकाको प्रवद्र्धन र गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित कार्यक्रमको साझेदारहरुमा डिजिटल साउण्ड एण्ड भिजन न्यूरोड, रुपाकोट ज्योति सुनचाँदी दुकान, अटोवेज, बेटर होम एप्लाईन्सेस, सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी (सलिको), सिटिजन फर्निचार न्यूरोड, फिस्टेल आईभिएफ फर्टिलिटी सेन्टर, नारी कलेक्सन चिप्लेढुंगा, कन्चन क्यापिटल अर्चलबोट, मिनबहादुर शेरचन स्टोर्स, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, ड्याडिज किचन् र सफल मिडिया हाउस रहेका थिए ।
 

कार्यक्रमको इभेन्ट पार्टनर्समा हस्पिटालिटी पार्टनरका रुपमा पोखरा भिलेज रिसोर्ट, द ग्राउण्ड्स र सुईखेत रिभर भ्याली रिसोर्ट, टेलिभिजन पार्टनरका रुपमा पब्लिक फोरके टेलिभिजन, अनलाईन पार्टनरका रुपमा एभरेस्ट आवाज डटकम, प्रोमोटेड बाईमा परिचय एडभर्टाईजिङ, साउण्ड पाट्नरका रुपमा एस.के.साउण्ड र भेन्यू पार्टनरका रुपमा पोखरा इभेन्ट सेन्टर रहेका छन् ।

गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् ।   मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ ।   उनले २९ हजार ८९६ मत...

थप पढ्नुहोस्

पोखरा:   निवर्तमान शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो किताब बेच्ने अभियानलाई निरन्तरता दिएका छन् ।   प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि म्याग्दी पुगेका उनले केही समयका...

थप पढ्नुहोस्

सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् ।   श्रम संस्कृति पार्टीका संस्थापक रहेका उनले ३५ हजार ७४१ मत ल्यायी विजयी हासिल गरेका हुन् ।   निकटतम प्रत...

थप पढ्नुहोस्