बैतडीका एक लाख ७८ हजारलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा

बैतडी | साउन २१, २०७९

बैतडीका एक लाख ७८ हजारलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा

 

बैतडी:   बैतडीमा हालसम्म एक लाख ७८ हजार एक सय २० जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । 

 

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकका अनुसार जिल्लाभरि ९७ हजार छ सय १९ जनाले बुस्टर डोज लगाएका छन् । दशरथचन्द नगरपालिकामा २८ हजार सात सय २८ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ३६ हजार नौ सय ४१ जनाले पूर्ण मात्रा लगाएका छन् । दशरथचन्द नगरपालिकामा २८ हजार २२५ जनाले बुस्टर डोज लगाएका छन् । 

 

यस्तै पाटन नगरपालिकामा २० हजार पाँच सय २८ जनाले खोपको पहिलो मात्रा, २७ हजार नौ सय २९ जनाले पूर्ण खोप तथा १५ हजार नौ सय ११ जनाले बुस्टर डोज लगाएका छन् । पुर्चौंडी नगरपालिकामा २३ हजार छ सय २१ जनाले खोपको पहिलो मात्रा, २३ हजार छ सय ४४ जनाले पूर्ण खोप र १३ हजार छ सय १२ जनाले बुस्टर डोज लगाएका छन् । 

 

यसैगरी मेलौली नगरपालिकामा १४ हजार २१ जनाले खोपको पहिलो मात्रा, १२ हजार ६१ जनाले पूर्ण खोप र छ हजार दुई सय दुई जनाले बुस्टर डोज, डिलाशैनी गाउँपालिकामा १९ हजार छ सय ८५ जनाले खोपको पहिलो मात्रा, १३ हजार आठ सय ९६ जनाले खोपको पूर्ण मात्रा र आठ हजार २५ जनाले बुस्टर डोज तथा दोगडाकेदार गाउँपालिकामा २३ हजार दुई सय ३६ जनाले खोपको पहिलो मात्रा, १६ हजार नौ सय ४२ जनाले खोपको पूर्ण मात्रा र छ हजार आठ सय ९५ जनाले बुस्टर डोज लगाएका छन् । 

    

सुर्नया गाउँपालिकामा १० हजार तीन सय १२ जनाले खोपको पहिलो मात्रा, १० हजार आठ सय ८३ जनाले खोपको पूर्ण मात्रा र पाँच हजार आठ सय ९५ जनाले बुस्टर डोज, पञ्चेश्वर गाउँपालिकामा १९ हजार १३ जनाले खोपको पहिलो मात्रा, १३ हजार पाँच सय ५४ जनाले पूर्ण खोप र  पाँच हजार २३० जनाले बुस्टर डोज लगाएका छन् । 

    

यस्तै शिवनाथ गाउँपालिकामा आठ हजार आठ सय २७ जनाले खोपको पहिलो मात्रा, ११ हजार दुई सय ५१ जनाले पूर्ण खोेप र चार हजार नौ सय ९८ जनाले बुस्टर डोज लगाएका छन् । सिगास गाउँपालिकामा नौ हजार ३३२ जनाले खोपको पहिलो मात्रा, ११ हजार सात सय १९ जनाले पूर्ण खोप र दुई हजार छ सय २५ जनाले बुस्टर डोज लगाएका छन् ।

  

 जिल्लामा हाल कोरोनाविरुद्धको खोप लगाउने क्रम जारी छ । यसअघि लगाउन छुटेका सबैलाई खोप लगाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म तीन हजार तीन सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । कोरोनाकै कारण यहाँ १९ जनाले ज्यानसमेत गुमाइसकेका छन् ।

पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

थप पढ्नुहोस्

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्