दमौली बजारमा धमाधम कालोपत्र हुँदै
पाेखरा | बैशाख ५, २०८२

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत दमौली बजारमा धमाधम कालोपत्र भइरहेको छ।
व्यास नगरपालिका–२ बागबजार, मुख्यचोक, सफासडक चोकदेखि तरकारी लाइनसम्म कालोपत्र भइरहेको छ।
चालु आर्थिक वर्षभित्रै दमौली खण्डमा कालोपत्र सम्पन्न गर्नेगरी काम भइरहेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।
बिहीबार मुख्यचोकमा एकतर्फी कालोपत्र गरिएको छ। बागबजार खण्डमा बुधबार कालोपत्र गरिएको थियो। दुर्गामन्दिरदेखि चापाघाटसम्म पनि चाँडै कालोपत्र हुनेछ।
पूर्वी खण्डअन्तर्गत अन्य ठाउँमा घरटहरा हटाउन ढिलो हुँदा कालोपत्रको काम रोकिएको थियो। अब चार किलोमिटर मात्र कालोपत्र गर्न बाँकी छ।
पूर्वी खण्डअन्तर्गत सडकको काम ८२.९५ प्रतिशत पूरा भएको छ।
यो खण्डमा पहिलो तहअन्तर्गत ३८.३१ किलोमिटर खण्डमा चार लेन र ०.२९ किलोमिटर खण्डमा दुई लेन सडक कालोपत्र भएको छ।
पोखरा: पोखरामा विषालु च्याउ खाँदा तीन जना बिरामी भएका छन् । पोखरा महानगरपालिका तितेपानी स्थित रहेको जंगलमा रहेको जंगली विषालु च्याउ खाँदा बिरामी परेका हुन् । विषालु च्याउ खाँदा बिरामी हु...
पोखरा: पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ अन्र्तगत बिहीबार नविना सिलवार ‘खुईली’, रोजिना परियार लगायतका कलाकारले टुँडिखेल घन्काउने भ...
पोखरा: वि १३ युकेले फुटबल प्रतियोगिताबाट उठेको रकम मृगौला पीडितलाई सहयोग गरेको छ । पोखरा १३ बाझापाटनको युके स्थिति क्लबले क्षेत्र बहादुर विकलाई ३५ हजार रुपैयाँ सहयोग गरेको हो । युक...