नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटयो खेलकुद परिषद गण्डकी, अभिमुखीकरण सम्पन्न

पाेखरा | साउन २२, २०७९

नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटयो खेलकुद परिषद गण्डकी, अभिमुखीकरण सम्पन्न

 

पोखरा:  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि प्रदेश खेलकुद परिषद गण्डकीले शनिबार पोखरामा एक अभिमुखीकरण तालिम सम्पन्न गरेको छ ।

 

गण्डकी प्रदेश अन्तर्गत रहेका जिल्ला विकास समितिका अध्यक्ष, खेलकुद विकास समितिका कार्यालय प्रमुखहरु र परिषदका सदस्यहरुलाई अभिमुखीकरण तालिम प्रदान गरिएको हो । उक्त कार्यक्रमको यूवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीले गरेका थिए । सो अवसरमा सचिव अधिकारीले संघिय, प्रदेश अन्तर कार्यालय र खेल संघहरुको अन्तर सम्वन्ध, बजेटको कार्यान्वयन र चुनौतीका बारेमा आफ्ना भनाई अघि सार्दै प्रदेशको खेलकुद बजेट अप्रयाप्त रहेको संगै अप्रयाप्त लागनी विना निर्माण भएका पूर्वाधारले नतिजा दिन नसकेको बताए ।

 

प्रदेशको खेलकुद विकास ऐन र नियमावलीले निर्दिष्ट गरेका अधिकारहरुका बारेमा चर्चा गर्दै सचिव अधिकारीले स्वस्थ्य नागरिक उत्पादन संगै आर्थिक विकासका लागि खेलकुदमा लगानी अपरिहार्य रहेको बताए । उनले स्थानियतह संगको समन्वयमा खेलकुद पूर्वाधारहरुको विकास हुने सके त्यसको संरक्षण र सम्वद्र्धन हुन सक्ने उल्लेख गरे ।

 

कार्यक्रममा आफ्ना भनाई राख्दै यूवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख घनश्याम पौडेलले खेलकुदमा सुशासन आवश्यक रहने कुरामा जोड दिंदै त्यसका लागि खेलकुदमा कार्यरत कर्मचारी र पदाधिकारीहरुमा अनुशासित हुनुपर्ने बताए । उनले संघियता प्राप्त भएको पाँच वर्ष सम्म पनि खेलकुदका संरचनाहरु झनै चपेटामा परेको उल्लेख गर्दै खेलकुदले संस्थागत विकास हुन नसकेको बताए । खेलकुद कार्यालयहरुमा आधुनिक प्रविधिको प्रयोग आर्थिक कार्यान्वयनका लागि योजना र पारदर्शिता महत्वपूर्ण पाटोको रुपमा अघि बढाउनु पर्ने उनको भनाई थियो ।

 

सो अवसरमा नेपाल ओलम्पिक कमिटि साइकोलोजी कमिसनका संयोजक एवम उत्प्रेरक इन्द्र गुरुङले नेतृत्व क्षमताका लागि सात वटा विषय प्रमुख रुपमा हुनु पर्ने बताए । उनले उर्जा, संवेग, समयको व्यवस्थापन, आर्थिक परादर्शिता, सम्वन्धको विकास, जवाफदेहिता लगायतका विषय प्रमुख रहेको औंल्याए । उत्कृष्ट तथा क्षमतावान नेतृत्वका लागि शिप संगै मानसिक रुपमा आफूलाई त्यस रुपमा उभ्याउन खाँचो रहेको बताउँदै प्रदेश खेलकुदका सल्लाहकार समेत रहेका गुरुङले क्षमतावान नेतृत्वका लागि मानसिक र सारिरिक तथा स्वस्थ्य संगै सिर्जनशिलता समेत उत्तिकै अपरिहार्य रहेको बताए ।

 

प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उनले परिषदले अघि सारेका योजना, कार्यक्रम र बजेट तथा नवौं राष्ट्रिय खेलकुदको तयारीका बारेमा जानकारी गराएका थिए भने परिषदका लेखा प्रमुख निलकण्ठ ढकालले लेखा प्रणाली व्यवस्थापनका विषयमा अभिमुखीकरण गराएका थिए ।

 

सो अवसरमा प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, परिषदका सदस्य खगेन्द्र क्षेत्रीले समेत आफ्ना भनाई राखेका थिए । 

म्याग्दी:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

थप पढ्नुहोस्

गण्डकी:  मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ ।  पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...

थप पढ्नुहोस्

काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

थप पढ्नुहोस्