नवनियुक्त गभर्नरलाई नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघकाे बधाई
काठमाडाैं | जेठ ९, २०८२
काठमाडौं: नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघले नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेको छ ।
महासंघका अध्यक्ष किसान सुनारसहितकाे पदाधिकारी टोलीले बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको कार्यलयमा पुगेर डा. पौडेललाई बधाई एवं शुभकामना ज्ञापन गरेको हो ।
साेही अवसरमा सुनचाँदी तथा आभूषण व्यवसायसँग सम्बन्धित आवश्यक कानुनी तथा नीतिगत आधार समेटिएको “आभूषण व्यवसायमा कानुनी व्यवस्था” शीर्षक पुस्तक अध्यक्ष सुनारले गभर्नरलाई हस्तान्तरण गरे ।
मुलुकको आर्थिक र वित्तीय प्रणालीलाई चलायमान बनाउन तथा सुनचाँदी व्यवसायीको समस्यालाई आफ्नो क्षेत्रबाट समाधान दिन पहल गर्नेमा नवनियुक्त गभर्नर डा. पौडेलको भूमिका महत्वपुर्ण हुने अध्यक्ष सुनारले विश्वास व्यक्त गरेका थिए ।
पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

