वर्ल्डलिंकको ‘बिट द स्पिड: २४ सहरबाट तीव्र गतिको बलर खोजिँदै
पाेखरा | जेठ १३, २०८२
इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्नो चर्चित क्रिकेट प्रतिभा खोज अभियान ‘बिट द स्पीड: सिजन २’ औपचारिक रूपमा सुरु गरेको छ।
युवा, काँचो र तीव्र गतिका बलरहरूलाई पहिचान गर्ने उद्देश्यले सुरु गरिएको यो अभियान ८ मे २०२५ मा जनकपुरबाट प्रारम्भ भएको हो।
हालसम्म यो अभियानले १७ वटा सहरहरू पार गरिसकेको र नेपाली क्रिकेटमा उत्साह र प्रतिस्पर्धाको नयाँ लहर ल्याएको कम्पनीले जनाएको छ।
सन् २०२४ मा सुरु गरिएको यो अभियान वर्ल्डलिंकले ग्रामीण तथा सहरी क्षेत्रका प्रतिभाशाली तीव्र गतिका बलरहरूलाई खोजी र प्रोत्साहन गर्नको लागि प्रारम्भ गरेको थियो। यसले उनीहरूलाई पहिचान मात्र होइन, व्यावसायिक क्रिकेटतर्फको यात्रामा वास्तविक अवसर प्रदान गर्ने उद्देश्य राखेको छ।
यस वर्ष अभियान २४ वटा सहरहरू लहान, राजविराज, बिर्तामोड, दमक, विराटनगर, इटहरी, बर्दिबास, मलंगवा, गौर, वीरगन्ज, हेटौंडा, चितवन, भैरहवा, लुम्बिनी, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, पाल्पा, पोखरा र काठमाडौँमा पुग्नेछ।
अभियानमा प्रत्येक सहरमा एक जना उत्कृष्ट गति निकाल्ने बलरलाई स्थानीय विजेता घोषित गरिन्छ। तीमध्येका २४ स्थानीय विजेतामध्ये सर्वाधिक १० जना तीव्र गतिका बलरहरूलाई काठमाडौँमा आयोजना हुने एक हप्ते प्रशिक्षण क्याम्पमा सहभागी गराइनेछ।
क्याम्पमा उनीहरूलाई पूर्वराष्ट्रिय कप्तान तथा हाल नेपाल ‘ए’का प्रशिक्षक ज्ञानेन्द्र मल्ल र नेपाल ‘ए’ का बलिङ प्रशिक्षक कलाम अलीले तालिम दिनेछन्। अन्त्यमा, यीमध्येबाट उत्कृष्ट विजेताको घोषणा गरिनेछ।
बिट द स्पिड: सिजन २ को मुख्य विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार पाउनुका साथै भारतको प्रतिष्ठित क्रिकेट एकेडेमीमा ३ महिनाको तीव्र बलिङ तालिमको सम्पूर्ण खर्च वर्ल्डलिंकले व्यहोर्नेछ।
पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ । पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...
पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ । संस्थाले आफ्नो स्थापना...
पोखरा: घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ । अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा पछिल्लो ४ दिनमा मात्रै करिब १० हजार भन्दा बढी पर्यटक ...

