पोखरामा एटिएम मेसिन फोर्न खोज्ने कृष्ण पक्राउ
पाेखरा | साउन २२, २०७९
पोखरा: एनआईसी एशिया बैंकको एटिएम मेसिन फोर्न खोजेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्वत घर भएका कृष्ण बहादुर बि.कलाई एनआईसी एशिया बैँकको एटिएम मेसिन फोरेर नगद चोरी गर्न लागेको सूचनाका आधारमा प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा महानगरपालिका–१७ बिरौटा स्थित एनआईसी एशिया बैंकको एटिएम मेसिन फोरेर नगद चोरी गर्न खोजेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले बि.कलाई पक्राउ गरेको हो ।
बि.क उपर चोरी उद्योग मुद्दामा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
उनी यस अगाडी पनि माछापूछ्रे बैँकको एटिएम मेसिन फोर्दै गरेको अवस्थामा प्रकाउ परी चोरी उद्योग मुद्धामा जिल्ला अदालत कास्कीबाट माग भए बमोजिम १ लाख धरौटी जम्मा गर्न नसकी पुर्पक्षको लागि थुनामा गएको र अदालतबाट मुद्धा फैसला हुुदा तोकिएको कैद भुक्तानी गरी छुटेको अभिलेखबाट देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

