लागुऔषधसहित म्याग्दीका दिपक पुन पक्राउ

कास्की | साउन २६, २०७९

लागुऔषधसहित म्याग्दीका दिपक पुन पक्राउ

कास्की:  जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित म्याग्दी घर भई हाल पोखरा ३ नदीपुर बस्ने दिपक पुनलाई पक्राउ गरेको छ ।

 

बुधबार बेलुकी करिब ८ बजे पोखरा–२ बाग्लुङ बसपार्क नजिकै चिसाखोला जाने सडक खण्डबाट चेकजाँचको क्रममा २८ वर्षिय पुनलाई प्रक्राउ गरेको हो ।

 

कास्की प्रहरीका अनुसार संकास्पद अवस्थामा रहेका पुनलाई चेकजाँच गर्दा उनको साथबाट लागुऔषध नुर्फिन–२५ एम्पुल, डाईजापाम–२५ एम्पुल र फेनरागन–२६ एम्पुल गरि कुल ७६ एम्पुल लागुऔषध तथा  सामसुङ मोबाइल १, आइफोन १, ओप्पो फोन १ र नगद रु. ८ हजार बरामद गरेको थियो ।

 

कास्की प्रहरीको नियन्त्रणमा रहेका पुनलाई लागुऔषध कसुरमा म्याद थप गरि आवश्यक अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्