मधेस सकारबाट बाहिरियो कांग्रेस
जनकपुरधाम | असोज ८, २०८२
जनकपुरधाम: नेपाली कांग्रेसले मधेस प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । बुधबार कांग्रेसको प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
कांग्रेस संसदीय दलका नेता एवं प्रदेश अध्यक्ष कृष्णप्रसाद यादवले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए । उनले आफूहरू व्यक्ति विशेष नभई संस्था विशेषको समर्थन गर्ने भएकाले जनमत पार्टी हिजोको बैठकमा प्रतिपक्षको बेन्चमा बसेकाले आफूहरूले परिस्थितिका कारण समर्थन फिर्ता लिएको बताए ।
यसअघि जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सहितको पत्र प्रदेश प्रमुखको कार्यालय र प्रदेशसभा सचिवालयमा जानकारी गराइसकेको छ । तर मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिन अस्वीकार गरेका छन् ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

