एकीकृत समाजवादीमै रहन महासचिव भुसालको आग्रह
काठमाडाैं | कात्तिक १९, २०८२
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले आफूहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँगको एकतामा सामेल नहुने घोषणा गर्नुभएको छ।
आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै भुसालसहितका नेताले विद्यमान नेतृत्व र कार्यशैलीका आधारमा कम्युनिष्ट पार्टी चल्न नसक्ने बताउँदै देशका विद्यामान समस्याको समाधानका लागि आफूहरूले आगामी मङ्सिरको पहिलो साता राष्ट्रिय भेलामार्फत् नयाँ रूपले सङ्गठित हुने स्पष्ट गर्नुभयो।
कार्यक्रममा सो पार्टीका नेताहरू धनेन्द्र बस्नेत, जीवनराम श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहित १० वामपन्थी पार्टीबीच आज एकता घोषणा भएको छ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

