एकीकृत समाजवादीमै रहन महासचिव भुसालको आग्रह

काठमाडाैं | कात्तिक १९, २०८२

एकीकृत समाजवादीमै रहन महासचिव भुसालको आग्रह

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले आफूहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँगको एकतामा सामेल नहुने घोषणा गर्नुभएको छ।


आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै भुसालसहितका नेताले विद्यमान नेतृत्व र कार्यशैलीका आधारमा कम्युनिष्ट पार्टी चल्न नसक्ने बताउँदै देशका विद्यामान समस्याको समाधानका लागि आफूहरूले आगामी मङ्सिरको पहिलो साता राष्ट्रिय भेलामार्फत् नयाँ रूपले सङ्गठित हुने स्पष्ट गर्नुभयो। 


कार्यक्रममा सो पार्टीका नेताहरू धनेन्द्र बस्नेत, जीवनराम श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहित १० वामपन्थी पार्टीबीच आज एकता घोषणा भएको छ।

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

थप पढ्नुहोस्

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्