क्रान्तिकारीका महासचिवले छोडे संगठन, जोडिए जनार्दनको प्रगतिशील अभियानमा

काठमाडाैं | मंसिर ४, २०८२

क्रान्तिकारीका महासचिवले छोडे संगठन, जोडिए जनार्दनको प्रगतिशील अभियानमा

काठमाडौं:  विगत १४ वर्षदेखि नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) मा सक्रिय केन्द्रीय महासचिव रोशन थापा मगरले संगठन छाडेका छन्।


नेकपा माओवादी केन्द्रसमेत छाडेका उनले आफूलाई जनार्दन शर्मा प्रभाकर नेतृत्वको प्रगतिशील अभियानमा समाहित गरेको घोषणा सामाजिक सञ्जालमा गरेका छन् ।


पछिल्लो राजनीतिक परिवर्तन र भदौ २३–२४ पछि विकसित परिस्थितिबारे ब्याख्या गर्दै उनले हालै बनेको नेपाली कम्युनिस्ट पार्टीको संरचना आमनेपालीले चाहेको रुपान्तरणका लागि सक्षम नदेखिएको निष्कर्षमा आफू पुगेको बताएका छन्।


१६ वर्षदेखि सुरु भएको आफ्नो राजनीतिक यात्रालाई सम्झँदै उनले संगठन छाड्ने निर्णय सजिलो नभएको उल्लेख गरेका छन्। कक्षा समिति सदस्यदेखि सुरु भएको उनको यात्रा ईकाई उपाध्यक्ष, ईकाई अध्यक्ष, केन्द्रीय सदस्य, केन्द्रीय सचिव हुँदै माघ महिनामा केन्द्रीय महासचिव निर्वाचित हुनेसम्म पुगेको थियो।


पुल्चोक क्याम्पस स्ववियू सभापतिमा उठेको समय र हालको महासचिवको जिम्मेवारीलाई उनले आफ्नो जीवनका महत्वपूर्ण क्षणका रूपमा लिएका छन्।


संगठनभित्रको राजनीतिक चेतना र सामाजिक पुँजी निर्माणका लागि उनले अखिल ९क्रान्तिकारी० का अग्रज, मार्गदर्शक र सहकर्मीहरूप्रति कृतज्ञता व्यक्त गरेका छन्।


पछिल्लो समयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भ्रममा पार्दै केही समूहले गरेको निच व्यवहारका बाबजुद पम्फा भुषाल र जयपुरी घर्ति लगायत नेताबाट पाएको अभिभावकत्वप्रति पनि उनले विशेष धन्यवाद व्यक्त गरेका छन्।


कार्यसम्पादनका क्रममा कहीं त्रुटि वा कमी भएको भए क्षमा माग्दै उनले आगामी राजनीतिक यात्रा शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमार्फत अघि बढाउने घोषणा गरेका छन्।

तनहुँ:  तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित दरै सामुदायिक घरबास ९होमस्टे० पुग्नेबित्तिकै अग्ला मकैका माच देखिन्छन् । यहाँ आउने जोकोही थाङ्ग्रो देखेर अचम्म मान्छन् । दरै सामुदायिक घरबासका सञ्चाल...

थप पढ्नुहोस्

पोखरा:   पोखराको नदिपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयको वार्षिक कार्यक्रम अनुसार स्पोर्टस् फेस्ट २०८२ को औपचारिक शुभारम्भ बुधबार गरिएको छ ।  दुई साता चल्ने स्पोर्टस् फेस्टमा हरियो, रातो, पहेंलो ...

थप पढ्नुहोस्

पोखरा:   पछिल्लो समय एन्टिबायोटिक औषधीको दुरुपयोग बढ्दै गएको भन्दै बिभिन्न सरोकारवालाहरुले छलफल चलाएका छन ।  सर्वसाधारणदेखि स्वास्थ्यकर्मीसम्म एन्टिबायोटिकको सजिलै पहुँच, प्रेस्क्रिप्सनबिनै औषधी वित...

थप पढ्नुहोस्