एमाले अध्यक्षमा उम्मेदवारी दिने ईश्वर पोखरेलको घोषणा

काठमाडाैं | मंसिर ९, २०८२

एमाले अध्यक्षमा उम्मेदवारी दिने ईश्वर पोखरेलको घोषणा तस्बिर फाइल

काठमाडौं:   एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ११औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।


मंसिर २७–२९ गते काठमाडौंमा हुने महाधिवेशनलाई लक्षित गर्दै पोखरेलले शनिबार सार्वजनिक गरेको विस्तृत राजनीतिक–संगठनात्मक अभिव्यक्तिमा आफू नेतृत्वका लागि तयार भएको बताएका छन्।


पोखरेलले जननेता मदन भण्डारीदेखि हालसम्मको एमाले राजनीतिक यात्राप्रति सम्मान व्यक्त गर्दै हालको राजनीतिक अवस्थामा पार्टीले गम्भीर आत्मसमीक्षा र संगठन पुनर्गठन गर्नुपर्ने आवश्यकतामा जोड दिए। उनले भदौ २३ पछिका घटनाले संविधानको मार्गरेखालाई पुनः सही बाटोमा ल्याउने जिम्मेवारी एमालेमाथि आएको टिप्पणी गरे।


आफू अध्यक्षमा उठ्न लागेको मुख्य कारणका रूपमा उनले पार्टीमा आन्तरिक लोकतन्त्र, पारदर्शिता, संगठन पुननिर्माण र नेतृत्व हस्तान्तरणको संस्कृतिलाई संस्थागत गर्नुपर्ने उनले बताए।


पार्टीमा दुई कार्यकालको नेतृत्व सीमालाई विधानमै पुनःस्थापना गर्नुपर्ने, अनुशासन, लेखापरीक्षण र संगठनात्मक स्वायत्ततामा स्पष्ट मापदण्ड लागू गर्नुपर्ने उनले अडान राखेका छन् ।


पोखरेलले पार्टीमा युवा, महिला, दलित, जनजाति, मधेसी, मुस्लिम र अल्पसंख्यकको सम्मानजनक सहभागितालाई सुनिश्चित गर्न विधान संशोधन आवश्यक रहेको बताए। उनले जनसंगठनहरूलाई गुटबन्दीबाट मुक्त गरी प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्ने प्रणाली मजबूत बनाउनुपर्ने उल्लेख गरे।


पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पुनः पार्टीमा फर्काउने वातावरण बनाउनुपर्ने कुरा पनि उनले उठाए। भदौ २३ को जेन–जी आन्दोलनप्रति सम्मान व्यक्त गर्दै पोखरेलले आन्दोलनमा भएको हिंसा र घुसपैठप्रति छानबिन माग गरेका छन्।


अध्यक्ष केपी शर्मा ओलीले अब नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका खेल्ने अपेक्षा आफूले राखेको बताउँदै पोखरेलले प्रतिनिधि छनोटदेखि महाधिवेशनसम्म पार्टी सदस्यलाई विवेकपूर्ण सहभागिताका लागि आग्रह गरेका छन्। पोखरेलले महाधिवेशनमा पेश गर्ने विस्तृत राजनीतिक दस्तावेज चाँडै सार्वजनिक हुने जानकारी दिए।

पोखरा ।     कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ ।   पर्यटक...

थप पढ्नुहोस्

पोखरा ।   उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...

थप पढ्नुहोस्

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्