कांग्रेस क्रियाशील सदस्यता: महामन्त्री थापाको चार बुँदे निर्देशन

काठमाडाैं | पुस ८, २०८२

कांग्रेस क्रियाशील सदस्यता: महामन्त्री थापाको चार बुँदे निर्देशन

काठमाडौं:  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता वितरण सम्बन्धमा आवश्यक समन्वय र सहजीकरण सम्बन्धमा चार बुँदे निर्देशन दिनुभएको छ। 


महामन्त्री थापाले सबै जिल्ला कार्यसमितिका सभापतिलाई सम्बोधन गर्नुहुँदै पुनः क्रम सङ्ख्या नम्बरसहितका नयाँ क्रियाशील सदस्यता फारम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई पठाइएको जानकारी दिनुभएको छ। 


उहाँले यसअघि फारम पठाउँदा कतिपय क्षेत्रमा क्रम सङ्ख्या नभएको फारम समेत वितरण भएको जानकारी प्राप्त भएको उल्लेख गर्नुभएको छ। 


उहाँले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको कार्यतालिका अनुसार नवीकरण र नयाँ क्रियाशील सदस्यता फारम वितरण प्रक्रिया र मापदण्ड लगायतका विषयमा जिल्ला कार्यसमिति र प्रतिनिधिसभा क्षेत्रीय कार्य समितिलाई परिपत्रमार्फत विस्तृत जानकारी गराइएको बताउनुभएको छ। 


महामन्त्ती थापाले नयाँ क्रियाशील सदस्यता  फारम वितरण गर्दा जिल्ला कार्य समितिको तर्फबाट प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँनगरपालिका कार्य समिति र वडा कार्य समितिसँग समन्वय, सहजीकरण, सहयोग र अनुगमन गराउन निर्देशन दिनुभएको हो।   

 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्