कांग्रेसको १५ औं महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा हुने

काठमाडाैं | पुस १८, २०८२

कांग्रेसको १५ औं महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा हुने

काठमाडौं: नेपाली कांग्रेसको १५ औं महाधिवेशन आगामी वैशाख २८ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा हुने भएको छ। 


शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यसअघि ल्याइएको कार्यतालिका परिमार्जन गर्दै आगामी वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन गर्ने नयाँ कार्यतालिका पारित गरेको हो। 


नयाँ कार्यतालिका नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गर्नुभएको थियो। 


प्रस्तावित कार्यतालिकालाई केन्द्रीय कार्य समितिको बैठकले पारित गरेको पार्टीका नेता बिमलेन्द्र निधिले बताउनुभयो। उहाँकाअनुसार विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै समाप्त भइसकेको बताउनुभयो।  यसअघि कांग्रेसले पुस २६, २७ र २८ गते महाधिवेशनको कार्यतालिका स्तुत गरेको थियो। 


अधिवेशन कार्यतालिका


नेपाली कांग्रेसले पार्टीको केन्द्रीय महाधिवेशन तथा मातहतका निकायहरूको अधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिअनुसार अधिवेशन सम्पन्न गर्न चरणबद्ध समयसीमा तोकिएको छ ।


अधिवेशन गर्न बाँकी रहेका नेपाली जनसम्पर्क समितिहरूका लागि क्रियाशील सदस्यता नयाँ र नवीकरणको नामावली २०८२ माघ ७ गतेभित्र केन्द्रमा पठाउनुपर्नेछ । केन्द्रबाट उक्त नामावली २०८२ माघ १५ गतेभित्र स्वीकृत गरिने र अधिवेशन २०८२ माघ २९ गतेभित्र सम्पन्न गर्नुपर्नेछ ।


यसैगरी केन्द्रीय महाधिवेशन र मातहतका निकायहरूको अधिवेशन कार्यतालिकाअनुसार गाउँ(नगर वडा अधिवेशन २०८२ चैत २१ गते, गाउँ(नगरपालिका अधिवेशन २०८२ चैत २५ गते र प्रदेश सभा क्षेत्रीय अधिवेशन २०८२ चैत २८ गते हुने भएको छ । 


प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन तथा एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २०८३ वैशाख २ गते र दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २०८३ वैशाख ५ गते तोकिएको छ ।


प्रदेश अधिवेशन २०८३ वैशाख १०, ११ र १२ गते हुने छ भने केन्द्रीय महाधिवेशन २०८३ वैशाख २८, २९, ३० र ३१ गते काठमाडौंमा आयोजना गरिने भएको छ ।


विज्ञप्तिअनुसार सदस्यता व्यवस्थापन केन्द्रीय समिति, क्रियाशील सदस्यता केन्द्रीय छानविन समिति र केन्द्रीय निर्वाचन समितिले तोकिएको कार्यविधिअनुसार सदस्यता नवीकरण तथा नयाँ सदस्यता सम्बन्धी कार्य सम्पन्न गर्नेछन् । सबै निर्णय प्रक्रिया सहमतिका आधारमा गरिने जनाइएको छ ।


विशेष परिस्थितिलाई ध्यानमा राख्दै नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा ४३ बमोजिम पार्टीका सबै तह र निकायका पदाधिकारी तथा सदस्यहरूको पदावधि २०८३ जेठ मसान्तसम्म थप गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।


आज सम्पन्न बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी र जीवन परियार तथा केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, उमा रेग्मी, जीपछिरिङ लामा र सुजाता कोइरालाले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्