रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार, कास्की २ मा पौडेल

काठमाडाैं | माघ ५, २०८२

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार, कास्की २ मा पौडेल तस्बिर फाइल

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म ३३ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ ।


बाँकी निर्वाचन क्षेत्रमा आज उम्मेदवारको घोषणा गरिने पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।


रास्वपाले पार्टीका वरिष्ठ नेता बालेन शाहलाई झापा–५ बाट उम्मेदवार बनाएको छ भने उपसभापति डिपी अर्याल (डोलप्रसाद) लाई काठमाडौं क्षेत्र नम्बर ९ बाट टिकट दिएको छ ।


यस्तै, शिशिर खनाल काठमाडौं–६, विराजभक्त श्रेष्ठ काठमाडौं– ८, इन्दिरा रानामगर झापा–२ तथा सोबिता गौतम चितवन–३, उत्तम पौडेल कास्की–२ बाट उम्मेदवार बन्ने भएका छन् ।

 

रास्वपाले टुंग्याएको ३३ क्षेत्र र उम्मेदवार
१. ताप्लेजुङ – वीरेन्द्र श्रेष्ठ
२. झापा–१ – निशा डाँगी
३. झापा–२ – इन्दिरा रानामगर
४. झापा–३ – प्रकाश पाठक
५. झापा–४ – शम्भु सुस्केरा
६. झापा–५ – बालेन शाह
७. मोरङ–३ – गणेश कार्की
८. ओखलढुंगा – विश्वराज पोखरेल
९. उदयपुर–२ – सूर्यबहादुर तामाङ
१०. काठमाडौं–६ – शिशिर खनाल
११. काठमाडौं–७ – गणेश पराजुली
१२. काठमाडौं–८ – विराजभक्त श्रेष्ठ
१३. काठमाडौं–९ – डिपी अर्याल ९डोलप्रसाद०
१४. चितवन–१ – हरि ढकाल
१५. चितवन–२ – रवि लामिछाने
१६. चितवन–३ – सोबिता गौतम
१७. गोरखा–१ – सुदन गुरुङ
१८. गोरखा–२ – कविन्द्र बुर्लाकोटी
१९. नवलपुर–१ – राजन गौतम
२०. जुम्ला – बिनिता कठायत
२१. बाजुरा – हेमराज थापा
२२. कञ्चनपुर–१ – जनकसिंह धामी
२३. कञ्चनपुर–२ – दीपक बोहरा
२४. कञ्चनपुर–३ – ज्ञानेन्द्र महता
२५. कैलाली–१ – कोमल ज्ञवाली
२६. कैलाली–३ – लक्ष्मण थारू
२७. कैलाली–४ – हरि रेग्मी
२८. कैलाली–५ – आनन्द चन्द
२९. बाँके–३ – खगेन्द्र सुनार
३०. दाङ–२ – विपिन आचार्य
३१. रुपन्देही–३ – डा. लेखजंग थापा
३२. कास्की–२ – उत्तम पौडेल
३३. स्याङ्जा–१ – धनञ्जय रेग्मी

झापा:  पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ ।  साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अ...

थप पढ्नुहोस्

पोखरा:   तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आज...

थप पढ्नुहोस्

काठमाडौं:  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची सार्वजनिक गरेको छ ।    आइतबार आयोगले समानुपातिक उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको हो ।  सार्वजनिक भएको...

थप पढ्नुहोस्