टी-२० विश्वकपमा आज तीन खेल
काठमाडाैं | माघ २६, २०८२
आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ।
नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीबीचको खेल बिहान सवा ११ बजे सुरू हुनेछ।
स्कटल्याण्डको यो दोस्रो खेल हो। पहिलो खेलमा ऊ वेस्ट इण्डिजसँग पराजित भएको थिय। इटालीको भने यो पहिलो खेल हो।
दिउँसो सवा ३ बजे जिम्बावे र ओमान भिड्दैछन्। समूह 'बी' मा रहेको दुई देशले पहिलो खेल खेल्न लागेका हुन्। खेल श्रीलंकाको कोलम्बोस्थित एसएससी ग्राउन्डमा हुँदैछ।
समूह 'डी' बाटै दक्षण अफ्रिका र क्यानडाबीच खेल हुनेछ। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा बेलुकी पौने ७ बजे खेल हुनेछ। यी दुई देशले पनि पहिलो खेल खेल्न लागेका हुन्।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

