सीआईबीको ‘असई’ बनेर लाखौँ ठगी गर्ने महिला पक्राउ

रौतहट | माघ २६, २०८२

सीआईबीको ‘असई’ बनेर लाखौँ ठगी गर्ने महिला पक्राउ

रौतहट:   आफूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सहायक निरीक्षक (असई) बताउँदै विभिन्न व्यक्तिलाई ठगी गर्ने एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ। 

 

पक्राउ पर्नेमा सर्लाहीको बरहथवा घर भई हाल कविलासी नगरपालिका बस्ने ३५ वर्षीया निर्मला महतो रहेकी छिन्।

 

उनले नेहा, निशा र पुनम कुमारी लगायतका विभिन्न उपनाम प्रयोग गरेर ठगी धन्दा चलाउँदै आएकी थिइन्।

 

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार निर्मलाले भन्सारका कर्मचारीसँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै सस्तोमा स्कारपियो गाडी मिलाइदिने प्रलोभन देखाएर ठगी सुरु गरेकी थिइन्।

 

उनले सर्लाहीका राजेश्वर साहकी श्रीमती पुनम कुमारीको नागरिकता र फोटो दुरुपयोग गरी आफ्नै नाममा राष्ट्रिय परिचयपत्र बनाएकी थिइन्।

 

सोही परिचयपत्रका आधारमा माछापुच्छ्रे बैंकमा खाता खोलेर उनले नक्कली हस्ताक्षर गरी चेक दिने र ठगी गर्ने गरेको पाइएको छ।

 

निर्मलाले चन्द्रपुरका एक ज्वेलर्सबाट २ लाख ७४ हजारको सुनचाँदी उधारो लगेर नतिरेको, एक व्यक्तिसँग घरायसी समस्या देखाएर ५ लाख सापटी लिएको र किराना पसल तथा गाडी भाडा बापत १ लाख २६ हजार रुपैयाँ ठगी गरेको खुलेको छ।

 

उनले विश्वास दिलाउन आफू प्रहरी भएको नक्कली परिचय दिने गरेकी थिइन्।

 

प्रहरीले उनलाई माघ ४ गते चन्द्रपुरबाट पक्राउ गरे पनि लामो समयसम्म आफ्नो वास्तविक पहिचान लुकाएकी थिइन्। डीएसपी रुपा लाबुङका अनुसार विभिन्न कागजात र बैंक खाताको अनुसन्धानपछि मात्र उनको वास्तविक परिचय खुलेको हो। 

 

उनीमाथि अहिले ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्