आयोजक आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश

दोस्रो क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी क्लब र थन्डर बोल्ट भारत आइतबार दिउँसो ३ बजे भिड्ने छन्

पाेखरा | फागुन २, २०८२

आयोजक आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश

पोखरा:    सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा  प्रवेश गरेको छ ।

 

पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

 

निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

 

यसअघि पुलिस क्लबका राम वाजीले खेलको ४९ औं मिनेटमा पहिलो गोल गरे । पुलिस क्लबले पाएको कर्नर किकलाई हेडिङ गर्दै वाजीले पहिलो गोल गरेका हुन्  ।

 

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिस क्बलले केही राम्रा मुभ बनाएपनि सहारा क्लबका डिफेन्डर रन्दीप पौडेल बाधक बने । उनले दुइपटक गोललाइनबाट बललाई फर्काइदिए ।

 

१ गोलले पछि परेको सहारा क्लबले खेलको ६१ औं मिनेटमा पेनाल्टीमार्फत बललाई जाली चुमाए ।

 

पुलिस क्लबका भक्तजंग खड्काले डिबक्समा मुकुन्दकुमार निउरेलाई लडाएपछि आयोजक सहारा क्लबले पेनाल्टी प्राप्त गरेको थियो । सोही पेनाल्टीको मौकालाई सहारा क्लबका  मुकुन्दकुमार निउरेले गोलमा परिणत गरे र खेललाई बराबरीमा फर्काए ।

 

त्यसपछि खेल झनै प्रतिस्पर्धात्मक बन्यो । निर्धारित समयमा कुनै टिमबाट पनि गोल हुन नसकेपछि खेल पेनाटी सुटआउटमा धकेलिएको थियो । 

 

सो खेलबाट सहारा क्लबका गोलरक्षक टिकेन्द्र थापा म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

 

प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी क्लब र थन्डर बोल्ट भारत आइतबार दिउँसो ३ बजे भिड्नेछन् ।
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्