सर्लाहीमा कर्मचारीलाई निर्वाचन अवधिभर बिदा नदिइने

सर्लाही | फागुन ६, २०८२

सर्लाहीमा कर्मचारीलाई निर्वाचन अवधिभर बिदा नदिइने

सर्लाहीमा कार्यालय प्रमुखहरुको बैठकले अत्यावश्यक कामबाहेक निर्वाचन अवधिभर कर्मचारीहरु बिदामा बस्न नपाउने निर्णय गरेको छ ।

 

मङ्गलबार बसेको जिल्ला प्रशासन कार्यालय मलङ्गवामा सम्पन्न बैठकले फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै राष्ट्रसेवक कर्मचारीलाई चुनाव अवधिभर बिदामा बस्न नदिने निर्णय गरेको हो ।

 

निर्वाचनमा खटाइएको स्थानमा खट्ने/खटाउने प्रबन्ध मिलाइ आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई सफल बनाउने कार्यालय प्रमुखहरुको बैठकले निर्णय गरेको छ ।

 

निर्वाचनका लागि सर्लाहीका ६२८ मतदान केन्द्रमा तीन हजार ७६८ कर्मचारी खटाइँदै छ ।

 

यस्तै बैठकले निर्वाचन प्रयोजनका लागि अत्यावश्यक हुने सवारी साधन जुनसुकै बेला आवश्यक परी माग गर्नुपर्ने भएकाले आफ्ना कार्यालयमा रहेका सवारी साधनहरु चालु अवस्थामा राखी माग भए बखत तत्काल उपलब्ध गराउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

 

फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब दुई साता बाँकी रहँदा जिल्लामा यस प्रकारका बैठकसहित तयारीका काम तीव्र रुपमा भइरहेका छन् । 

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेडलाई रोक्दै जावलाखेल सेमिफाइनलमा प्रवेश गरेको छ ।    पोखरा रंगशालामा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई  ...

थप पढ्नुहोस्

काठमाडौँ:   प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले औपचारिक रूपमा प्रचारप्रसारको कार्य सोमबारदेखि सुरु गर्दै छन् ।   निर्वाचनको मनोनयन प्रक्रिया सम्पन्न भई उम्मेदवारको अन्ति...

थप पढ्नुहोस्

 पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा आज मनाङ मस्र्याङ्दी क्लब र थन्डरबोल्ट भारत भिड्दैछन् ।   विभागीय एपिएफ क्लबलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको मनाङ मस्र्याङ्दीले पाहुना क्लब थन्...

थप पढ्नुहोस्