एमालेको नेसनल भोलिन्टियर्स फोर्स गठन
पाेखरा | फागुन ६, २०८२
पोखरा: नेकपा (एमाले)ले नेसनल भोलेन्टियर्स फोर्स गण्डकी प्रदेश र कास्की जिल्लाको युनिफाइड कमाण्ड घोषणा गरेको छ । फोर्सको प्रदेश इञ्चार्जमा सुशिल बस्नेत र फोर्सको प्रदेश प्रमुख कमान्डरमा पानबहादुर जिसी छन् ।
प्रदेशको सह कमाण्डरमा गोविन्द भुषाल, नवीनकुमार श्रेष्ठ रहेका छन् । फोर्सको हेडक्वाटर कमाण्डरमा देवान गुरुङ, विकास पहारी, चीनबहादुर पुन र मञ्जु जिसी रहेको प्रदेश इञ्चार्ज बस्नेतले जानकारी दिए ।
त्यस्तै फोर्स कास्कीको इञ्चार्जमा नमराज केसी र फोर्सको युनिफाइड कमाण्डरमा सूर्य लामा र सहकमाण्डरमा बज्रराज अधिकारी (सुरज), राजु गिरी, उमेश बिसंखे रहेका छन् ।
कमाण्डरमा विश्वास गुरुङ, कृष्ण हमाल, अभिषेक गुरुङ, दिपक मल्ल, गणेश विक, रवी गुरुङ, खेम गुरुङ, प्रकाश बराल, सिद्धान्त गुरुङ लगायत रहेका छन् ।
फोर्सको कमाण्ड घोषणा कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।
नवप्रवेशीलाई एमालेका केन्द्रीय सचिव खगराज अधिकारीले पार्टीमा औपचारिक रुपमा स्वागत गरे ।
उनले एमालेको सहायक संगठनको रुपमा रहेको फोर्स विशेष खालको संगठन भएको बताए । यो संगठन सामान्य खालको संगठन नभएको उल्लेख गर्दै उनले यो संगठनले देश र जनताको रक्षा गर्ने जिम्मेवारी लिएको जनाए ।
फोर्सका केन्द्रीय कमाण्ड प्रमुख पुष्पराज श्रेष्ठले निर्वाचनको १० हजार ९ सय ६७ मतदान केन्द्रमा २ लाख २२ हजार युवा परिचालन गर्ने बताए ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य राजीव पहारी, गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी, कास्कीका कार्यवहाक अध्यक्ष भेषराज बराल, फोर्सका केन्द्रीय सहकमाण्डर विनिता काफ्ले, अर्जुन पौडेल, सुशिल बस्नेत लगायतले बोलेका थिए ।
काठमाडौं: पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति...
पोखरा: तमु समुदायको एतिहासिक, मौलिक साँस्कृतिक ट्होटें पर्व तमु धिं नेपालको आयोजनामा चैत्रको अन्तिम मंगलबार मनाएको छ। उधौलीट्होटें पोखराको पुरानो एयरपोर्ट मेयर हर्क गुरुङ चोकबाट प्रकृत...
पोखरा । दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रका...

