वाटर फ्रन्ट होटलले फेवातालको जग्गा मिचेको छैन: कर्ण शाक्य
पाेखरा | चैत २२, २०८२
FILED PHOTO
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।
शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै नियम उल्लङ्घन नगरेको दाबी गरेका हुन् ।
‘जग्गा मिचेको छैन । लालपुर्जा छ, नक्सा पास छ । पर्यटन विभागको लाइसेन्स छ । उद्योग विभागको प्रमाणपत्र छ । राष्ट्र बैंकको इजाजतपत्र सबै छ । हरेक वर्ष कर तिरेका छौं । कुनै बैकको ऋण छैनÚ, उनले थप लेखेका छन्, ‘एउटा होटल सञ्चालन गर्न एक उद्यमीले पालना गर्नुपर्ने सबै नियम पालना गरेका छौँ । तर पनि हामीमाथि यस्तो कठोर व्यवहार किन ?’
शाक्यले लेकसाइडमा वाटर फ्रन्ट होटल सञ्चालनमा ल्याएका थिए । यो होटेलको संरचना फेवा तालको क्षेत्रभित्र पर्ने भन्दै शनिबार महानगरपालिकाले केही संरचना हटाएको थियो ।
शाक्यले कुनै सूचनाबिनै संरचना हटाएको भन्दै आपत्ति पनि जनाएका छन् । तर, यसअघि नै पटक-पटक महानगरपालिकाले त्यस क्षेत्रमा नयाँ संरचना नबनाउन र बनाएका संरचना हटाउन अनुरोध गर्दै आएको थियो । बेलाबेला केही संरचना हटाउनेसमेत गरेको थियो ।
फेवातालको ६५ मिटरको मापदण्ड तोकिएको छ । त्यस क्षेत्रभित्र पर्ने संरचना हटाउन अदालतले आदेश दिइसकेको छ । त्यसपछि व्यवसायी अदालत गएका थिए । तर, अदालतले स्टेअर्डर नदिएपछि महानगरपालिकाले संरचना हटाउन सुरु गरेको हो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

