वाटर फ्रन्ट होटलले फेवातालको जग्गा मिचेको छैन: कर्ण शाक्य

पाेखरा | चैत २२, २०८२

वाटर फ्रन्ट होटलले फेवातालको जग्गा मिचेको छैन: कर्ण शाक्य FILED PHOTO

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।

 

शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै नियम उल्लङ्घन नगरेको दाबी गरेका हुन् ।

 

‘जग्गा मिचेको छैन । लालपुर्जा छ, नक्सा पास छ । पर्यटन विभागको लाइसेन्स छ । उद्योग विभागको प्रमाणपत्र छ । राष्ट्र बैंकको इजाजतपत्र सबै छ । हरेक वर्ष कर तिरेका छौं । कुनै बैकको ऋण छैनÚ, उनले थप लेखेका छन्, ‘एउटा होटल सञ्चालन गर्न एक उद्यमीले पालना गर्नुपर्ने सबै नियम पालना गरेका छौँ । तर पनि हामीमाथि यस्तो कठोर व्यवहार किन ?’

 

शाक्यले लेकसाइडमा वाटर फ्रन्ट होटल सञ्चालनमा ल्याएका थिए । यो होटेलको संरचना फेवा तालको क्षेत्रभित्र पर्ने भन्दै शनिबार महानगरपालिकाले केही संरचना हटाएको थियो ।


 

शाक्यले कुनै सूचनाबिनै संरचना हटाएको भन्दै आपत्ति पनि जनाएका छन् । तर, यसअघि नै पटक-पटक महानगरपालिकाले त्यस क्षेत्रमा नयाँ संरचना नबनाउन र बनाएका संरचना हटाउन अनुरोध गर्दै आएको थियो । बेलाबेला केही संरचना हटाउनेसमेत गरेको थियो ।

 

फेवातालको ६५ मिटरको मापदण्ड तोकिएको छ । त्यस क्षेत्रभित्र पर्ने संरचना हटाउन अदालतले आदेश दिइसकेको छ । त्यसपछि व्यवसायी अदालत गएका थिए । तर, अदालतले स्टेअर्डर नदिएपछि महानगरपालिकाले संरचना हटाउन सुरु गरेको हो ।

 

 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्