ल्वाङ्गमा चैते दशैं मेला जारी, महिला भलिबलको उपाधि एलिट एकेडेमीलाई
पाेखरा | चैत २७, २०८२
File Photo
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा ३२ औं ऐतिहासिक चैते दशैं मेला जारी छ । ग्रीन हिल क्लबको आयोजनामा विविध कार्यक्रम मध्ये महिला भलिबल प्रतियोगितामा एलिट भलिबल एकेडेमीले उपाधि हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा एलिट भलिबलले बौद्ध सृजना युवा क्लब घलेललाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
उपाधि जितेको एलिटले २० हजार र उपविजेता भएको बौद्ध सृजनाले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । महिला भलिबलमा १० टिमको सहभागिता रहेको थियो ।
२९ गतेसम्म सञ्चालन हुने मेलामा पुरुष भलिबलतर्फ २४ समूहको सहभागिता रहेको छ । आज भएको पुरुष तर्फको खेलमा घाचोक टुसे, घलेल, फेरी भेटौला,नयाँपुल साखु र डाँडागाउँले पहिलो चरणमा खेलमा विजयी भएका छन् ।
खुला क्लबस्तरीय पुरुष भलिबलतर्फको विजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । त्यसैगरी दोस्रो हुने टिमले ६० हजार रुपैयाँ र सेमिफाइनल पुग्ने दुई टिमले १०÷१० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । पुरुषतर्फको खेल तालिका बुधबार नै सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।
भलिबल प्रतियोगिताका विजेतालाई नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र समेत प्रदान गरिने छ । विधागततर्फ उत्कृष्ट खेलाडी, सर्भर, स्पाइकर, डिफेन्डर, सेटर र ब्लकरले ट्रफी प्राप्त गर्नेछन् ।
यसैगरी, माछापुच्छ्रे गाउँपालिकाका स्थानीयका लागि मात्र आयोजना गरिएको सामूहिक नृत्य प्रतियोगितामा प्रथम हुनेले १५ हजार रुपैयाँ, दोस्रोले १० हजार रुपैयाँ र तेस्रो हुनेले ५ हजार रुपैयाँका साथमा ट्रफी र प्रमाणपत्र पाउने छन् । नृत्य प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क निःशुल्क गरिएको छ ।
मेलाका अवसरमा अन्य विभिन्न सांस्कृतिक तथा खेलकुद कार्यक्रमहरु पनि आयोजना गरिएका छन् । स्थानीय कलाकारहरुद्वारा लोकदोहोरी तथा विविध सांस्कृतिक कार्यक्रम, छेलो प्रतियोगिता, रसाकस्सी, म्युजिकल चेयर, बेलुन फुटाई र भाले निकाल्ने प्रतियोगिता हुने आयोजकले बताए ।
ल्वाङ्ग गाउँ पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिन्छ । यहाँ एकै दिन करिब ६ सय जना पर्यटकलाई राख्न सक्ने क्षमताका होटल तथा होमस्टेहरु सञ्चालनमा रहेका छन् ।
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

