महोत्सवमा १३ लाख बढीको आलु कारोवार

पाेखरा | चैत ३०, २०८२

महोत्सवमा १३ लाख बढीको आलु कारोवार

पोखरा:  राष्ट्रिय हेमजा आलु महोत्सवको चौथों दिन सोमबारसम्म त्यहाँ १३ लाख बढीको आलु कारोबार भएको छ ।

 

महोत्सव मध्येतिर आउँदा त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ । शनिबार र आइतबार सार्वजनिक बिदा परेको एवं सोमबार समेत मौसम एवं दर्शकले साथ दिएपछि पछिल्ला दिनमा त्यहाँ कारोबार ह्वात्तै वृद्धि भएको हो ।

 

त्यहाँ आलुको परिकारको एउटा स्टल, ३० वटा कृषि स्टल तथा अन्य सय बढी व्यापारिक स्टल छन् । प्रतिकेजी ३५ रुपैयाँमा आलुको कारोबार भइरहेको छ ।

 

सोमबार मात्रै ५ लाख बढीको आलु बिक्री भएको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीले बताए । उनले हालसम्म सबैभन्दा बढी ८ सय केजी र कम्तीमा १ केजीसम्म ग्राहकले आलु खरिद गरी लगेको पनि सुनाए ।

 

सामान्यतया २० देखि ३० केजीसम्म आलु किन्ने ग्राहक धेरै आउँछन् । कास्कीका छिमेकी पालिका लगायत चितवन, मकवानपुर, पर्वत, बागलुङ, तनहुँ, लमजुङ, स्याङ्जा, म्यादी, मुस्ताङबाट समेत आलु खरिदका लागि मानिसहरु आउने गरेको उनको भनाइ छ ।

 

'हेमजाको निलो आलु मिठो छ, चाँडो पनि पाक्छ, अन्य स्थानको तुलनामा स्वास्थ्यकर पनि मानिने भएकाले आफूहरु आलु खरिदकै लागि आएको' सोमबार दिउँसो महोत्सव स्थलमा भेटिएकी तनहुँ शुक्लागण्डकीकी रमिला सुनारले बताइन् ।

 

यतिबेला आलु महोत्सव स्थल विष्णुपादुका खेल मैदानका अलावा हेमजा स्थित स्थानीयका घरघरबाट समेत आलु तथा अन्य कृषि उपजको बिक्रीवितरण दर बढेको छ ।

 

महोत्सवमा सोमबार कलाकारहरु पुरुषोत्तम न्यौपाने, रामजी पौडेल, सरस्वती लामिछाने, कमला गैह्रे, किसन नेपाली, भूमिका पंगेनी, कृष्टिना क्षेत्री, प्रकाश विक्रम राजमाझी लगायतले प्रस्तुति राखे । त्यस्तै हास्यकलाकारहरु राजेन्द्र गिरी 'जादुगर गुन्द्रुके', मनोज गोर्खाली लगायतले पेटमिचीमिची हँसाए ।

 

त्यस्तै गुरुकुल विद्यासदन मावि नयाँबजार, स्नो भ्यू बोर्डिङ स्कुल हेमजाले पनि प्रस्तुति देखाए । त्यस्तै पप कन्सर्टतर्फ देउराली, लेकाली, ब्रोसिस व्यान्ड लगायत अंकित श्रेष्ठले प्रस्तुति राख्दै दर्शकलाई नचाए ।

 

महोत्सव अन्तर्गत मंगलबार नयाँ वर्षको दिन त्यहाँ कलाकारहरु शिव हमाल, राजु ढकाल, कुमार पुन, ममता तामाङ, सुभद्रा श्रेष्ठ, भूमिका पंगेनी, प्रजिता सुनार लगायतका प्रस्तुति रहने सांस्कृतिक उपसमिति सदस्य परशुराम अधिकारीले जानकारी दिए ।

 

त्यस्तै महोत्सवमा सोमबार जनकल्याण आमा समूह, कमल जौंसी आमा समूह एवं प्रगति आमा समूहले रत्यौली प्रतियोगिता अन्तर्गत आ–आफ्ना प्रस्तुति राखे ।

 

महोत्सव अन्तर्गत त्यहाँ आलु तथा तरकारीको प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार एवं कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम भइरहेका छन् ।

 

त्यस्तै कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका दैनिक प्रस्तुति लगायत विभिन्न कृषि उपज बिउ बिजन तथा कृषि यन्त्रको प्रदर्शनी लगायतका गतिविधि पनि संचालित छन् ।

 

सोमबारसम्म ४० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजक विष्णुपादुका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

पोखरा ।   भण्डारढिकमा जारी ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’  मा पुरुष सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि रामघाट एफसी ग्रिन र मिक्की एफसी भिड्ने भएका छन् ।   ...

थप पढ्नुहोस्

पोखरा।   सांस्कृतिक झाँकी र बाजागाजासहित २१ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८३ आइतबारबाट पोखरामा सुरु भएको छ ।   कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय अम्बोटमा आयो...

थप पढ्नुहोस्

पोखरा ।      गण्डकी स्पोर्टस् क्लबको आयोजनामा सम्पन्न पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि न्यूरोड एफसीले जितेको छ ।   पोखरा महानगरपालिका ५ मालेपाटन...

थप पढ्नुहोस्