हाम्रो सहयोगीको १७ औँ वार्षिकोत्सव विशेष रक्तदान: ५५ युनिट संकलन
बुधबार वृहत नि:शुल्क स्वास्थ्य शिविर हुँदै
पाेखरा | जेठ १९, २०८३
पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ ।
संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर सोमबार सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा संस्थाका शेयर सदस्य, संचालक, कर्मचारी, शुभेच्छुक तथा स्थानीय सर्वसाधारणले रक्तदान गरे ।
रगतको अभावमा कुनै पनि बिरामीले समस्या भोग्न नपरोस् भन्ने उद्देश्यका साथ संस्थाले हरेक वर्ष स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्दै आइरहेको संस्थाका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सिनाले जानकारी दिए ।
बुधबार वृहत नि:शुल्क स्वास्थ्य शिविर हुँदै
कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले आगामी दिनमा समेत यस्ता सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यही जेठ २० गते हुने संस्थाको समापन समारोहमा वृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गरिने बताए ।
सोही कार्यक्रमकैबीच बोल्दै संस्थाका व्यवस्थापक जिबन अधिकारीले सहकारीको वित्तीय अवस्था र सेवा प्रवाहबारे जानकारी दिए ।
उनका अनुसार संस्थामा हाल कुल ७ करोड ५० लाख रुपैयाँ शेयर पुँजी रहेको छ भने, १३४४ जना शेयर सदस्यहरू आबद्ध छन् ।
संस्थाले पोखरा महानगरपालिका ८ पृथ्वीचोक र पोखरा १४ चाउथेस्थित विपि मार्गबाट आफ्ना सदस्यहरूलाई सेवा दिँदै आइरहेको छ ।
सहकारी क्षेत्रको वर्तमान प्रतिकुल समयका बावजुद पनि संस्था नियमनकारी निकायको नियमनमा रहेको छ ।
संस्थाले आफ्ना वित्तीय तथा सामाजिक गतिविधिहरू नियमित रूपमा गरिरहेको र आगामी दिनमा सदस्यहरूको भावना अनुरूप अझ सुदृढ सेवा प्रवाह गर्न संस्थाका अध्यक्ष कृष्ण तिमिल्सिनाले प्रतिबद्धता जनाए ।
कृष्ण प्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष श्रीजन श्रेष्ठले व्यक्त गरेका थिए भने, कार्यक्रम संचालन सचिव मनोज विश्वकर्माले गरेका थिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

