स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई आत्महत्या रोकथाम तालिम

पाेखरा | भदौ २, २०७९

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई आत्महत्या रोकथाम तालिम

स्वास्थ्यकर्मीहरुका लागि आत्महत्या रोकथाम सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ ।

 

राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन (कोशिश) को आयोजना तथा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको समन्वयमा भएको सो तालिममा महानगरभित्रका विभिन्न १७ वटा स्वास्थ्य संस्थामा कार्यरत ३२ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

 

कार्यक्रममा गण्डकी मेडिकल कलेजका मनोचिकित्सक डा. रबिराज तिमिल्सिना, मनोविद विनय पाण्डे, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका फोकल पर्सन दीपेन्द्र सुनार र कोशिशकी अभियन्ता तथा पैरवी अधिकृत बसन्ती खत्रीले सहजीकरण गरेका थिए ।

 

मनोचिकित्सक डा. तिमिल्सिनाले आत्महानी र आत्महत्याका बारेमा प्रस्तुतिकरण राख्दै आत्महत्या सम्बन्धित धारण र वास्तविकताको बारेमा स्पष्ट पारेका थिए । 

 

अर्का मनोविद पाण्डेले मानसिक स्वास्थय र आत्महत्को बारेमा प्रस्तुतिकरण राख्दै आत्महत्या न्यूनिकरण गर्न सकिने भएकाले त्यसको प्रभावकारी पहल हुनु जरुरी रहेको बताए । उनले गेट किपर तालिम पश्चात स्वास्थ्यकर्मीहरुलाई कार्य क्षेत्रमा गएर काम गर्न सहज हुने बताए । 

 

कोशिशकी पैरवी अधिकृत खत्रीले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिइन् । महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कृष्णप्रसाद अर्यालले सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्न स्वास्थ्यकर्मीलाइ आग्रह गरे ।

 

यसैबीच, बुधबार नै सुरक्षाकर्मीहरुलाई आत्महत्या रोकथाम सम्बन्धि १ दिने प्रशिक्षण प्रदान गरिएको कोशिशका परियोजना संयोजक सुदिप घिमिरेले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग गण्डकीका प्रमुख चन्द्रकान्त चापागाईँ, आयोगका वरिष्ठ अधिकृत खिमलाल सुवेदी, डा. रविराज तिमिल्सिना र रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर सञ्जयकुमार मल्लले सहजीकरण गरेका थिए । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्