पोखरामा सुरु भयो भूमिहीनलाई निस्सा वितरण

पाेखरा | भदौ ८, २०७९

पोखरामा सुरु भयो भूमिहीनलाई निस्सा वितरण

पोखरा महानगरपालिका वडा नं. २५ क्रान्तीटोलमा बसेर भूमि प्राप्तिको २७ वर्ष लामो सङ्घर्ष गरेकी सिता गुरुङ थापा आज निकै खुसी छिन् । सुकुम्वासी बनेर बिताएको २७ वर्ष सम्झँदा उनको मन अहिले पनि खसक्क हुने गरेको उनी सुनाउँछिन् ।

 

‘यो हाम्रो लागि ठुलो उपलब्धि हो, उनले भनिन्, अव यो सेतो निस्सा छिट्टै नै रातो लालपुर्जामा परिणत हुने आशा गरेकी छु ।’ निकै कठिनता र सङ्घर्षका बिचबाट आफूहरूले प्राप्त गरेको सेतो निस्सासँग आफूसँगै आफ्ना सन्ततिहरूको भविष्य जोडिएको उनले बताइन । सङ्घर्षरत लामो प्रतीक्षापछि एउटा सपना साकार भएको अनुभूति उनले गरेकी छिन् ।

 

गुरुङको मात्र होइन, आज पोखरा महानगरपालिका वडा नं.२५ हेमजा आसपासमा रहेका २४२ जना भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुको हृदय खुसीले गदगद भएको छ । पोखरा महानगरपालिका र राष्ट्रिय भूमि आयोग कास्कीले संयुक्त रूपमा मङ्गलवार २४२ सुकुम्वासी परिवारलाई जग्गा प्राप्तिको पहिलो चरणमा दिइने निस्सा वितरण गरे । 

 

स्थानीय तहको निर्वाचन ताका भूमिहीन समस्या समाधान गर्ने उद्घोष गर्नुभएका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आफ्नै हातले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुलाई निस्सा वितरण गर्न पाउँदा आफ्नो घोषणाले सार्थकता पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । जनताका सामु आफूले गरेको बाचा आंशिक रूपमा पुरा भए पनि यसको सिलसिला सुरु भएको उहाँले बताउनुभयो । 

 

‘हामीले चुनावी सभाको प्रारम्भ यही वडाबाट गरेका थियौँ, त्यस बेला भनेका थियौँ कि, भूमिहीन दलित तथा सुकुम्बासीहरुलाई निस्सा पनि यहीबाट वितरण गरिनेछ, आचार्यले भन्नुभयो, आज त्यो पुरा भएको छ, यस प्रक्रियामा सहयोग गर्ने सबै सरोकारवालाहरूलाई म धन्यवाद दिन चाहन्छु ।’ यो नियमित काम भएका कारण निर्वाचन आचारसंहिताले पनि नरोक्ने उहाँले बताउनुभयो । 

 

पोखरा महानगरपालिकामा प्राप्त १९ हजार ८ सय ५६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको निवेदनहरू उपर आवश्यक प्रक्रिया पुरा गरी राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा व्यवस्थित गर्दै लैजाने क्रममा महानगरपालिका रहेको प्रमुख आचार्यले उल्लेख गर्नुभयो । उहाँका अनुसार पोखरा महानगरपालिका भूमिहीन समस्याको दिगो समाधानको पक्षमा छ । 

 

राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गङ्गा पोख्रेलले विभिन्न कारणले सुकुम्वासी बनेका नागरिकहरूलाई जमिनको मालिक बनाउने काम कास्कीमा पनि प्रारम्भ भएको उद्घोष गर्नुभयो । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुले प्राप्त गरेको जग्गाको निस्सा अव कसैले पनि खोस्न नसक्ने उहाँले विश्वास दिलाउनुभयो । अहिले बसिरहेको स्थान उपयुक्त नभए आयोगले अर्को स्थान खोजेर भए पनि उचित व्यवस्थापन गर्ने पोख्रेलले बताउनुभयो ।

 

पोखरा महानगरपालिका वडा नं. २५ का वडा अध्यक्ष मोतीराज तिम्सिनाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरणको काम आफ्नै वडाबाट सुरु भएकामा खुसी व्यक्त गर्नुभयो । वडा नं. २५ मा रहेका यस प्रकृतिका बसोबासीहरुको समस्याको दिगो समाधानमा जोड दिँदै उहाँले निस्सा वितरणको कामले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । 

 

राष्ट्रिय भूमि आयोग कास्कीको तथ्याङ्क अनुसार पोखरा महानगरपालिकाका ३३ वटा वडाबाट हालसम्म १९ हजार ८ सय ५६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको निवेदन सङ्कलन भएको छ । कास्की जिल्ला भर भने ३० हजारको हाराहारीमा यस प्रकृतिका परिवारहरूको बसोबास रहेको आयोगको अनुमान छ ।
 

काठमाडौँ:  हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ ।   गण्डकी प्रदे...

थप पढ्नुहोस्

प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् ।   भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सर...

थप पढ्नुहोस्

दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...

थप पढ्नुहोस्