करोडौं वर्ष पुरानो डायनोसरको खुट्टाको छाप फेला

काठमाडाैं | भदौ ९, २०७९

करोडौं वर्ष पुरानो डायनोसरको खुट्टाको छाप फेला तस्बिर साभार

जलवायु परिवर्तन र त्यसको असर चौतर्फी बढेको छ । पछिल्ला सातामा युरोपेली देशहरूमा चरम खडेरी परेको छ । यस्तो खडेरी अमेरिकामा पनि देखिएको छ । खडेरीले नदी सुक्दा अमेरिकामा करोडौँ वर्ष पुरानो डायनोसरको खुट्टाको पैतालाको छाप फेला परेको छ ।

 

खडेरीले टेक्सासमा डायनोसर भ्याली स्टेट पार्क भएर बग्ने एउटा नदी सुक्दा ११३ मिलियन वर्षअघि डायनोसर्सको पैतालाको छाप फेला परेको हो । उक्त छाप संसारको सबैभन्दा लामो डायनासोर ट्रयाण्कवेमध्ये एक भएको जनाइएको छ ।

 

सुक्खा मौसमले उक्त छाप देखिएको अधिकारीहरूले बताएका छन् । ‘गर्मीमा अत्यधिक खडेरीका कारण धेरै स्थानहरूमा नदी पूर्ण रूपमा सुक्दा पार्कमा ट्र्याक देखिन थालेको टेक्सास पार्क तथा बन्यजन्तु विभागकी स्ेटेफानी सालीनस बताउँछिन् । ‘सामान्य नदीको अवस्थामा यी नयाँ ट्रयाकहरू पानीभित्र देख्न सकिँदैन’, उनले भनिन् ।  एजेन्सी 

पोखरा:    कास्की प्रहरीले पोखरा १७  ड्यामसाइडबाट ११ जनालाई जुवाखालबाट पक्राउ गरेको छ ।   जुवा खेल्ने र खेलाउने गरी ११ जनालाई नगद ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँसहित शनिबार पक्राउ ...

थप पढ्नुहोस्

पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।   शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । &nbs...

थप पढ्नुहोस्

मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

थप पढ्नुहोस्