‘प्रेमको परिभाषा’सार्वजनिक
काठमाडाैं | भदौ ९, २०७९
काठमाडौं । उड्डयन क्षेत्रका सफल व्यवसायी एवं गायक विकास राणाको स्वरमा समावेश ‘प्रेमको परिभाषा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रेमिल शैलीको यस गीतमा बिबी थापाको शब्द रहेको छ भने शशिविक्रम थापाको सङ्गीत रहेको छ । गीतलाई विनोद भुजेलले सङ्गीत संयोजन गर्नुभएको हो । म्युजिक भिडियोमा महानायक राजेश हमाल र नायिका वर्षा राउतको अभिनय छ ।
म्युजिक भिडियोमा ‘मलाई ऊर्जा दिने हरपल साथ दिने तिमी’, ‘मेरो चाहना मेरो सपना केवल तिमी तिमी’, ‘प्रेमको परिभाषामा तिमी’, ‘म दिन्छु कहिलेकाहीँ होसले भरिएर’लगायत बोलका गीत समावेश गरिएको छ ।
बुद्ध थापाले छायाङ्कन गरेको यस भिडियोलाई विकास धमलाले सम्पादन गर्नुभएको हो । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक राणाको युट्युब च्यानल ‘विकास राणा अफिसियल’मार्फत सार्वजनिक भएको हो । यसअघि गायक राणाको स्वरमा समावेश गालाको ‘तिलैमा’, ‘तीनपाने’, ‘मुसुक्कै हाँस्यौँ’, ‘शैलुङ’ बोलको म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् । आगामी दिनमा अझै स्तरीय सिर्जना पस्किँदै जाने गायक राणाले बताउनुभयो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

