सलिना बनिन् 'मिस नेवा: ११४२'
काठमाडाैं | बैशाख १९, २०७९
काठमाडौं: काठमाडौं चःमतीकी सलिना महर्जनले मिस नेवाः नेपाल ११४२ को उपाधि जितेकी छिन् । नेप्लिज फेसन होमद्वारा प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतियोगिताको १६ औं संस्करणमा १८ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज जितेकी हुन् ।
उपाधि जितेसँगै उनले एक लाख रुपैयाँ नगद प्राप्त गरिन् । मिस नेवाः नेपाल ११४१ कृषा महर्जनले सलिनालाई ताज पहि¥याइदिएकी थिइन् । साथै उनी क्योकुसिन सेइसिन काइकान करातेको सद्भावना दूत नियुक्त भएकी छन् । मुख्य निर्णायक गैरआवासीय नेपाली संघ बेलायतका पूर्वअध्यक्ष अशोकबाबु श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर हुनलाई तपाईंमा के–के गुण हुन जरुरी छ भनेर प्रश्न सोधेका थिए ।
जवाफमा महर्जनले नेतृत्व विकासको क्षमता हुनुपर्ने, नेवारी कला संस्कृति र भाषाको प्रवद्र्धन गर्नुपर्ने, काठमाडौंलाई स्मार्ट मात्र नभई हेरिटेज सिटीका रुपमा विकास गर्नुपर्ने, घोषणापत्रमा मात्र सीमित नभई वास्तविक रुपमा काम गर्ने क्षमता हुनुपर्छ भन्ने जवाफ दिएकी थिइन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

