आज पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान
काठमाडाैं | बैशाख २०, २०७९
आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । हिजो काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा लगातारजस्तो मेघगर्जन र चट्याङसहित पानी परेको थियो ।
वर्षाका कारण हिजो धैरेजसो खोला नालामा बाढी आएको थियो । मौसमविद्का अनुसार हिजो सबैभन्दा धेरै लुम्बिनी प्रदेशको दाङमा पानी परेको छ ।
आज पनि स्थानीय वायुसँगै पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेकाले मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मेघगर्जनसहित पानी पर्ने अनुमान छ । राति भने पहाडीसहित तराईका जिल्लामा समेत वर्षा हुने मौसमविद्ले बताएका छन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

