कास्की १ मा एमालेबाट एक जना महिलामात्र सिफारिश
पाेखरा | भदौ १९, २०७९
पोखरा । नेकपा एमाले कास्कीले क्षेत्र नम्बर १ का लागि प्रदेश तथा प्रतिनिधि सभा सदस्यमा १५ जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा पूर्वमन्त्रीदेखि जिल्ला र नगरका पदाधिकारीसम्म छन् ।
सिफारिस हुनेमा उमा सिंह एक जना मात्रै महिला रहेकी छिन् ।

प्रदेश सभामा नाम सिफारिस भएका संगठन विभाग प्रमुख खगराज अधिकारीलाई प्रतिनिधि सभा सदस्यका लागि पनि सिफारिस गरिएको छ । पार्टी जिल्ला अध्यक्ष एवं हाल प्रदेश सभा सदस्य रहेका मन बहादुर गुरुङ पनि प्रतिनिधि सभाका लागि सिफारिस भएका छन् ।
एमाले कास्कीबाट क्षेत्र नम्बर १ का लागि सिफारिस हुनेहरुमा खगराज अधिकारी, दिलिप न्यौपाने, बैन बहादुर अधिकारी, कालिदास सुवेदी, झलक सुवेदी, पुष्पज्योती ढुङ्गाना, मन बहादुर गुरुङ, बाल सिह काउछा मगर, हिमालय बख्रेल, पदम प्रसाद पौडेल, मिलन सुबेदी, शङ्करनाथ पौडेल, पुष्पज्योती ढुङ्गाना, रामराज अधिकारी र पुष्प अधिकारी रहेका छन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

