सरोज गोपालको सम्झनामा गुञ्जदै ‘देउराली उकाली चढेर...’

पाेखरा | भदौ २१, २०७९

सरोज गोपालको सम्झनामा गुञ्जदै ‘देउराली उकाली चढेर...’

पोखरा   :   पोखरामा आगामी असोज १ गते सरोज गोपाल स्मृति साँझ हुने भएको छ । कालजयी गीतहरूका सङ्कलक तथा गायक सरोज गोपाल बज्राचार्यको आठौँ स्मृति दिवसको अवसर पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा साङ्गीतिक साँझ गर्न लागिएको हो । 

 

आफ्नो जीवनकालमा स्व सरोज गोपालले देउराली उकाली चढेर... नक्कलीलाई भगाई लग्यो झिल्केले.. , सँइको घर कहाँ हो कहाँ...करोडौँ मुटुहरुको ढुकढुकी...जस्ता दर्जनौँ चर्चित लोक तथा राष्ट्रिय गीतका माध्यमबाट नेपाली गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनुभएको थियो ।


    
पोखरेली युवा सांस्कृतिक परिवारका संस्थापक अध्यक्षसमेत रहेका बज्राचार्यको सम्झनामा सरोज गोपाल स्मृति साङ्गीतिक साँझको आयोजन गर्न लागिएको परिवारका अध्यक्ष मोती भुजेलले जानकारी दिनुभयो ।

 

सङ्गीतकार सुनिल थापाको सङ्गीत संयोजन रहने उक्त साङ्गीतिक साँझमा  बाबा राणा, तारा थापा, रामभक्त जाेजिजु,कर्ण दास, ​विनोद बानियाँ, इतु जोजीजु, विनित जोजीजु, फिरोज गोपाल बज्राचार्यलगायतकाे स्वरमा सरोज गोपालका गीत सुन्न सकिने जनाइएको छ । 

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

थप पढ्नुहोस्

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्