बजारीकरण र प्रवद्र्धन हाम्रो लक्ष्यः पण्डित

पाेखरा | भदौ २२, २०७९

बजारीकरण र प्रवद्र्धन हाम्रो लक्ष्यः पण्डित

 

पोखरा :   पोखरा उद्योग वाणिज्य संघको भदौ २४ र २५ गते हुने ३४ औँ महाधिवेशनका लागि दुई प्यानल घरदैलो अभियानमा व्यस्त छन् । 

 

दुबै प्यानलले चुनाव जित्ने घोषणापत्र सहित व्यवसायीहरुको घरघरमा गएर आफुलाई विजयी गराउन भोट अपिल गरिरहेका छन् । 

 

यसै सन्दर्भमा सुनगाभा न्यूजले पवन प्रजापति प्यानलबाट  उपाध्यक्ष (उद्योग) पदका उम्मेदवार हिरामणि पण्डितलाई सोधेको ५ प्रश्न :

 

प्रजापति प्यानल नै किन ?

 

पोखरा उद्योग वाणिज्य संघको भदौ २४ र २५ गते हुने ३४ औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार पवन प्रजापति पदाधिकारीमा पुराना व्यवसायी भएकाले उनको प्यानलबाट उद्योगतर्फ उम्मेदवारी दिएको हुँ । 

 

प्रजापति साधारण सदस्य, कार्यसमिति सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष रहेको र हाल वरिष्ठ उपाध्यक्ष भएकाले स्वतः अध्यक्षको दाबेदार हुन् । प्रजापति पोखराका व्यवसायीहरुका लागि चिनिएको र पुराना व्यवसायी भएको र पोखरामा उद्योगी व्यवसायीहरुको खडेरी पर्दै गएकाले यसको उत्थान गर्न आफुले प्रजापति प्यानल रोजेको हुँ । 

 

-पोखरा उद्योग वाणिज्य निर्वाचनमा ग्रुपिज्म बढेको हो ? 

 

विगतका निर्वाचनमा पनि दुुई प्यानल नै थिए अहिले पनि प्यानल हुनु स्वभाविक नै हो । 

 

मतदाता भगवान हुुन् २५ गते निर्वाचन हुन्छ भगवानले जसलाई पनि जिताउन सक्छन् । २६गतेबाट व्यवसायीहरुको लागि काम गर्ने हो त्यसैले ग्रुपिज्म भन्ने हराएर जानेछ । 

 

-एजेण्डाहरु केके छन् ? 

 

पवन प्रजापति प्यानलले ३४ महाधिवेशनमा प्यानल घोषणा गरेर १७ बुँदे   प्रतिबद्धतापत्र सहित व्यवसायीहरुको घरदैलो अभियानलाई तिव्रता दिएको छ । 

 

प्रतिबद्धतापत्रमा व्यावसायीक वातावरण निर्माण र उद्योगी–व्यवसायीको सम्मान अभिबृद्धि गर्नु पहिलो प्राथकिमतामा उल्लेख गरिएको छ ।

 

व्यावसायीक डाटा बैंक तथा प्रवद्र्धन केन्द्र स्थापना गर्ने, रुग्ण उद्योग र नोक्सानमा चलेका व्यवसायको लागि बैंक तथा घरबेटीसंग छलफल गरेर सहजता प्रदान गर्ने, व्यवसायी बन्न चाहनेको लागि आवश्यक तथ्यांक उपलव्ध गराईने र नवप्रवद्र्धन तथा महिला उद्यमशीलता विकासलाई केन्द्रमा राखेर काम गर्ने, बजारीकरण र प्रवद्र्धनमा सघाउने प्यानलको प्रतिबद्धता छ । 

 


-जित्ने आधारहरु के-के छन् ? 

 

पवन प्रजापति पोखराका व्यवसायीहरुका लागि पुराना व्यवसायीको रुपमा अगाडी सारेका छौँ । पदाधिकारीमा हेरौँ भने उहाँले विभिन्न समितिमा सफतापुर्वक आफ्नो भुमिका निर्वाह गरेकाले हामी प्यानलै विजय हुन्छौं ।

 

प्रजापति प्राकृतिक नियम अनुसार नै अध्यक्ष पदका दावेदार हुुन् त्यसैले वरिष्ठ उपाध्यक्ष पछि अध्यक्षकारुपमा हामीले उहाँलाई अगाडी बढाएकाले हामीले चुनाव जित्छौँ । 

 

-मतदातालाई केही भन्नु छ ? 

 

पवन प्रजापति पोखरा उद्योग वाणिज्य संघको पदाधिकारीमा पुराना र पोखराका व्यवसायीहरुको लागि पनि पुराना व्यवसायी भएकाले यस प्रजापति प्यानललाई अत्यधिक मतले विजयी बनाउन अनुरोध गर्दछु ।  


 

पोखरा:   प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ ।   लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग...

थप पढ्नुहोस्

चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ।   उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।   अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...

थप पढ्नुहोस्

पोखरा:    बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ ।   पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

थप पढ्नुहोस्