जसपा तमुवान राष्ट्रिय समितिको भेला पोखरामा सम्पन्न
पाेखरा | भदौ २९, २०७९
 
                                
                            पोखरा । जनता समाजवादी पार्टीनिकट तमुवान राष्ट्रिय समितिको बैठक पोखरामा सम्पन्न भएको छ ।
तमुवान राष्ट्रिय समितिको प्रथम बैठक तथा प्रशिक्षण कार्यक्रम मंगलबार ङोए तमु धिँ भवन लेखनाथ पोखरामा सम्पन्न भएको हो ।
सो कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका प्रदेश इन्चार्ज एवम पूर्वमन्त्री शिवलाल थापामगरले पार्टीको ऐतिहासिक छलाङले मधेश प्रदेश प्राप्ती गरेको बताउदै आन्दोलन र सत्तासङ्गै राष्ट्रिय राजनीतिमा उदाएको जनता समाजवादी पार्टीको विकल्प नभएको बताए ।
उनले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमन सम्पूर्ण नेता कार्यकर्तालाई पार्टीको एजेण्डाप्रति केन्द्रीत भएर निर्वाचनमा लाग्नुपर्ने धारणा राखे ।
यसैगरि केन्द्रीय राजनीति समिति सदस्य एवम् मगरात समन्वय इन्चार्ज निर्मल जिसीले आसन्न निर्वाचनबारे जनता समाजवादी पार्टी नेपालको चुनावी अभियानबारे रणनीति सुनाएका थिए । उनले समुन्नत समाजवादसहितको पार्टीको पहिचान प्राप्तिको अवधारणाबारे आफ्नो मतको सुनिश्चितता जनता समाजवादी पार्टी मै किन ? भन्ने विषयमासमेत आफ्नो धारणा राखेका थिए ।
त्यस्तै जनता समाजवादी पार्टी नेपालको भातृसंगठन समाजवादी विद्यार्थी युनियन केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश अध्यक्ष विशम भुजेलले विद्यार्थी राजनीति र समाजवादी पार्टी नेपालको एजेण्डाबारे आफ्नो धारणा राखे ।
जसपाका केन्द्रीय सदस्य श्याममाया पुनमगरले राजनीतिमा महिला सहभागिता र समानुपातिक समावेशी प्रणालीबारे आफ्नो धारणा राखे ।
केन्द्रीय सदस्य एव गण्डकी प्रदेश सह–इन्चार्ज धनप्रसाद तामाङले आदिवासी सभ्यता आदिबासी जनजातिको नेपाली राष्ट्रिय राजनीति को ईतिहास बारे समिक्षा गर्न आवश्यक रहेको बताए ।
जसपाका नेता एवम् तमुवान इन्चार्ज रुद्र गुरुङले तमुवान प्राप्ती को पार्टीको अवधारणा , संघ प्रदेश र स्थानिय संरचनामा तमुवानको महत्वबारे आफ्नो मत राखेको थिए ।
तमुवान राष्ट्रिय समितिका अध्यक्ष मानबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपा नेपाल केन्द्रीय सदस्य उमा गुरुङको स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने तमुवान राष्ट्रिय समितिका मुुख्य सचिव चन्द्र तामाङ मुस्कानले कार्यक्रम सञ्चालन गरेका थिए ।
सुर्खेत: आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...
चितवन: पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...
पोखरा: फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ । उत्सवमा ३ वटा स...
 
                    

 
                                         
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            