संजिवनी दिदि बहिनी केन्द्रको अध्यक्षमा पुन: बिना गुरुङ

पाेखरा | असोज ४, २०७९

संजिवनी दिदि बहिनी केन्द्रको अध्यक्षमा पुन: बिना गुरुङ

 

पोखरा । छोरी तथा बुहारी पढाऔं, उज्ज्वल भविष्यका लागि अगाडि बढौं नाराका साथ क्रियाशिल संजिवनी  दिदिबहिनी केन्द्रको तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट पुनः बिना गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ।

 

समितिको उपाध्यक्षमा हिरा गुरुङ, सचिवमा कौसिला गुरुङ, कोषाध्यक्षमा लक्ष्मी गुरुङ, सहसचिवमा बिर्मला गुरुङ, सहकोषाध्यक्षमा दिलमाया प्रजापति र सदस्यहरुमा मिलन थापा, गिमाया गुरुङ, देवकुमारी हिराचन, शारदा शर्मा, सरु अधिकारी चयन हुनुभएको निर्वाचन समिति संयोजक गुणाखर सापकोटाले जानकारी दिनुभयो।

 

साधारणसभा तथा अधिबेशनको उदघाटन गर्नुहुदै प्रमुख अतिथी पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पवन कुमार प्रजापतिले आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित हुनुपरेको छोरी बुहारीहरुलाई शिक्षामा सहयोग गर्ने अत्यन्तै उदाहरणीय अभियानमा रहेको संजिवनी दिदि बहिनी केन्द्रलाई  सधै साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो। छोरी बुहारीलाई शिक्षामा मात्रै सहयोग नभई कोरोना महामारी लगायतको कठिन अवस्थामा विशेष सहयोग अभियान समेत सञ्चालन गरेको संजिवनीको मानवीय सेवामुलक कार्यको प्रसंसा व्यक्त गर्नुभएको।

 

कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, नाटा केन्द्रिय सदस्य कमला गुरुङ, कोपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवाल लगायतले शुभकामना व्यक्त गर्नुहुदै संजिवनी दिदि बहिनी केन्द्रको गतिविधीको प्रसंसा गर्नुहुदै साथ सहयोग रहने बताउनुभयो।कार्यक्रममा संजिवनीबाट छात्रबृत्ति प्राप्त गरी रेडियोलोजिस्ट अध्ययनरत युनिया विकले संजिवनीको सहयोगले आफ्नो अध्ययनको सपना पुरा हुने भन्दै आफ्नो अनुभूति व्यक्त गर्नुभएको थियो।

 

कार्यक्रममा संजिवनी दिदि बहिनीका सल्लाहकार पवन कुमार प्रजापति हालै पोखरा उद्योग बाणिज्य संघको अध्यक्षमा निर्वाचित हुनुभएको, नाटाको केन्द्रिय सदस्य कमला गुरुङ, आजिवन सदस्य किरण गुरुङ मेची महाकाली दिदि बहिनीको अध्यक्षमा निर्वाचित हुनुभएकोमा, फोटो पत्रकार तथा वेब डिजाइनर मणि सरब्ज गुरुङ, निशुल्क कार्यालय प्रदान गरेकोमा पोखरा ११ की हिरादेवी गुरुङ, सहयोगका लागि संस्थापक गिता भट्टचनलाई सम्मान गरिएको थियो।

 

यसरी नै कार्यक्रममा संस्थाको नयाँ आजिवन सदस्यहरुलाई सदस्यता वितरण गरिएको थियो।

 

साधारणसभामा अध्यक्ष बीना गुरुङले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मी गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन र सचिव कौशिला गुरुङले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्ताव पारित गरिएको थियो।

 

केन्द्रकी अध्यक्ष बीना गुरुङको अध्यक्षतामा भएको साधारणसभा तथा अधिवेशनमा सदस्य मिलन थापाले स्वागत र सचिव कौशिला गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो। 

काठमाडौं:   २४ भदौमा सरकारी कार्यालय र प्रहरी चौकीमा आगजनी गरी हतियारलगायतका विभिन्न सामान चोरी गर्नेलाई पक्राउ गर्न थालिएको छ । नेपाली सेना र शसस्त्र प्रहरीले जेन–जीको आन्दोलनको नाममा सामान चोरी ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली सेनाले भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ । विद्यमान परिस्थितीमा नेपाली सेनालाई जोडेर पछिल्लो समय विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणह...

थप पढ्नुहोस्

तनहुँ:   तनहुँमा बिहीबार दुई महिला मृत अवस्थामा फेला परेका छन् । सेती नदी र बुल्दीखोलामा दुई महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी न...

थप पढ्नुहोस्