डडेल्धुरामा लामखुट्टेको  ‘लार्भा खोज र नष्ट गर’ अभियान

डडेल्धुरा | असोज १२, २०७९

डडेल्धुरामा लामखुट्टेको  ‘लार्भा खोज र नष्ट गर’ अभियान

 

डडेल्धुरा:  डेङ्गी रोगका बिरामी बढ्न थालेसँगै पछि लामखुट्टेको  ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । पछिल्लो समय लामखुट्टेको टोकाइबाट डेङ्गीका बिरामी बढ्दै गएपछि जिल्लामा सो  अभियान थालिएको हो ।

 

स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजनामा मङ्गलबारदेखि अभियान थालिएको हो । लामखुट्टेले ‘अण्डा’ पार्न सक्ने सम्भावित स्थानहरू पानी जम्ने ठाउँको खोजी गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान चलाइएको कार्यालयका प्रमुख केशरबहादुर साउँदले जानकारी दिनुभयो ।

 

अभियानका क्रममा पानी जम्ने वस्तु हटाइएको छ । जिल्लामा अहिले डेङ्गी सङ्क्रमित  ३० बिरामी उपचार गरिरहेका छन् । तीमध्ये १६ अमरगढी नगरपालिकाका छन् ।

 

डेङ्गी नियन्त्रणका लागि निदानात्मक तथा उपचारात्मक विधि र सचेतनाका लागि घरदैलो कार्यक्रम गरी पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फूलदानी, फ्रिजजस्ता पानी जम्मा हुने ठाउँमा सरसफाइ गर्न सर्वसधारणलाई समेत सुझाव दिइएको छ ।

 

विशेषगरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रम, गमला, पानीका ट्याङ्की आदिमा लामखुट्टे फूल पार्ने गरेको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख साउदले बताउनुभयो । सहरी क्षेत्रमा यस्ता वस्तु थुप्रै हुने भएकाले पनि यसको बढी जोखिम रहेको अमरगढी नगरपालिका आसपासका क्षेत्रमा सरसफाइका साथै पानी जम्ने ठाउँमा लार्भा नष्ट गर्ने अभियान थालनी गरिएको जनाइएको छ ।
विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गीको सङ्क्रमण फैलिने गरेको स्वास्थ्य कार्यालयका ‘भेक्टर कन्ट्रोल’ निरीक्षक हरिप्रसाद भट्टले बताउनुभयो ।

 

उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गीका लक्षण हुन् । जटिल प्रकृतिको डेङ्गीको सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट र खुट्टा सुनिनेस्ता लक्षण देखापर्ने गरेको उहाँको भनाइ छ ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्