डेङ्गुबाट एक महिलाको मृत्यु
चितवन | असोज १३, २०७९
चितवन । डेङ्गुुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ निवासी ४० वर्षीया महिलाको डेङ्गुका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा डेङ्गु पुष्टि भएको थियो । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिनुभयो । यसअघि असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेङ्गुका कारण मृत्यु भएको थियो ।
जिल्लामा हालसम्म सात सय ४३ मा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । उनीहरुमध्ये चार सय ५९ चितवनका रहेका छन् । बाहिरी जिल्लाका एक सय ७५ जना र ठेगाना नखुलेका एक सय नौ जना रहेका छन् । चार हजार चार सय ४९ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

