डेङ्गुबाट एक महिलाको मृत्यु

चितवन | असोज १३, २०७९

डेङ्गुबाट एक महिलाको मृत्यु

 

चितवन । डेङ्गुुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ निवासी ४० वर्षीया महिलाको डेङ्गुका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।  

 

स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा डेङ्गु पुष्टि भएको थियो । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिनुभयो ।  यसअघि असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेङ्गुका कारण मृत्यु भएको थियो ।

 

जिल्लामा हालसम्म सात सय ४३ मा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । उनीहरुमध्ये चार सय ५९ चितवनका रहेका छन् । बाहिरी जिल्लाका एक सय ७५ जना र ठेगाना नखुलेका एक सय नौ जना रहेका छन् । चार हजार चार सय ४९ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।  

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्