बाख्रापालनबाट मनग्य आम्दानी गर्दै पौडेल

स्याङ्जा | असोज १३, २०७९

बाख्रापालनबाट मनग्य आम्दानी गर्दै पौडेल

 

 स्याङ्जा ।  स्याङ्जाको वालिङ–१४ उपल्लो पेखुका मेघनाथ पौडेलले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

 

विसं २०५९ मा पौडेलले एउटा माउ बाख्रा पालेर सुरु गर्नुभए पनि तीन वर्षपछि २०६२ सालदेखि व्यावसायिकरुपमा बाख्रापालन थाल्नुभएको हो । विसं २०६२ मा ‘मेघनाथ बाख्रा प्रजनन तथा नश्ल सुधार उद्योग’ संस्था दर्ता गरी बाख्राको मासुभन्दा पनि बीउका लागि काम गर्दै आउनुभएको हो । पौडेलले अहिले शुद्ध बोयर जातको बाख्राको बोका र पाठी बिक्री गरी मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

 

“मैले मासुलाई भन्दा बीउका लागि बोयर जातको शुद्ध बोका र पाठी बिक्री गर्दै आएको छु”, उहाँले भन्नुभयो । बाख्रापालनबाट वार्षिकरुपमा सबै खर्च कटाएर रु १२ लाख आम्दानी हुँदै आएको पौडेल बताउनुहुन्छ । यहाँ उत्पादन भएको शुद्ध बोयर जातको बोका तथा पाठीको माग देशका विभिन्न जिल्लाबाट आउने गरेको छ । 

 

“यहाँ उत्पादन भएका बोयर जातको बोका तथा पाठीलाई बीउका रुपमा देशका विभिन्न जिल्लाबाट माग हुने गरेको छ”, उहाँले भन्नुभयो, “उत्पादन गर्नसके बजारको कुनै समस्या छैन, मागअनुसार उत्पादन गर्न सकिएको छैन ।” बाख्रापालनका लागि आवश्यक घाँस उहाँले ६५–७० रोपनी क्षेत्रफलमा लगाउनुभएको छ । उन्नत र आधुनिक भुईं तथा डाले घाँस प्रशस्तै छ । 

 

जिल्ला पशुसेवा कार्यालयबाट पटक÷पटक अनुदानसहित नमूना फर्मका रुपमा समेत उहाँ पुरस्कृत भइसक्नुभएको छ । “बाख्रापालन गर्नुपूर्व पाँच वर्ष शिक्षण पेसा र २० महिना विदेशमा रोजगारी गरेँ”, पौडेलले भन्नुभयो, “म ती दुवै कामबाट सन्तुष्ट भइन् र गाईं, भैँसी, कुखुरा पाल्ने सोच बनाएँ तर गाउँको भूगोलअनुसार सम्भव नदेखेपछि बाख्रापालनलाई व्यावसायिकरुपमा अगाडि बढाएको हुँ ।” 

 

बाख्रापालन नै पौडेलको परिवारको मुख्य आम्दानीको स्रोत हो । बाख्रापालनबाट प्राप्त भएको आम्दानीले उहाँले बजारमा घरजग्गा जोड्नुभएको छ । छोराहरुलाई उच्च शिक्षा तथा घर खर्च पनि यही व्यवसायबाट चलाउँदै आउनुभएको छ ।

 

लामो समय बाख्रापालनमै बितेकाले पनि सामान्य समस्या आउँदा पौडेल आर्फैँ औषधि उपचार गर्नुहुन्छ । जटिल उपचारका लागि वालिङ नगरपालिका तथा एग्रोभेटबाट पशु प्राविधिकको सहयोग लिने गरेको उहाँ बताउनुहुन्छ ।

काठमाडौं:   २४ भदौमा सरकारी कार्यालय र प्रहरी चौकीमा आगजनी गरी हतियारलगायतका विभिन्न सामान चोरी गर्नेलाई पक्राउ गर्न थालिएको छ । नेपाली सेना र शसस्त्र प्रहरीले जेन–जीको आन्दोलनको नाममा सामान चोरी ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली सेनाले भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ । विद्यमान परिस्थितीमा नेपाली सेनालाई जोडेर पछिल्लो समय विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणह...

थप पढ्नुहोस्

तनहुँ:   तनहुँमा बिहीबार दुई महिला मृत अवस्थामा फेला परेका छन् । सेती नदी र बुल्दीखोलामा दुई महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी न...

थप पढ्नुहोस्