बागलुङमा छ पदका लागि ३९ जनाको उम्मेदवारी

बाग्लुङ | असोज २४, २०७९

बागलुङमा छ पदका लागि ३९ जनाको उम्मेदवारी

बलेवा :  आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार दलले उम्मेदवारी दर्ता गरेका छन् । 

 

आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर दलका नेताहरुले उम्मेदवारी दर्ता गराए । बागलुङको क्षेत्र नं १ बाट सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उम्मेदवारी दर्ता गर्नुभएको छ । 

 

मनोनयनपछि केसीले संविधानको रक्षा र राष्ट्रियताको संरक्षणका लागि उम्मेदवारी दर्ता गर्नुपरेको बताउनुभयो । यसअघि पटकपटक एमालेसँगको तालमेलमा निर्वाचन लडेको राजमोले यो पटक कांग्रेस रोजेको हो । केसीले पनि पहिलो पटक कांग्रेसको समर्थनमा निर्वाचन लड्दै हुनुहुन्छ ।

 

सोही क्षेत्रमा एमालेका निवर्तमान सांसद डा सूर्य पाठक उम्मेदवार बन्नुभएको छ । क्षेत्र नंं १ का लागि राप्रपाका लक्ष्मीप्रसाद सापकोटा र राष्ट्रिय स्वतन्त्र पार्टीका लागि खिमानन्द कँडेलले पनि उम्मेदवारी दिनुभएको छ । कांग्रेसका नेता कृष्ण शङ्कर श्रेष्ठ र चन्द्रबहादुर क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

त्यसैगरी निर्वाचन क्षेत्र नं १ को ‘क’ प्रदेशमा कांग्रेसका दीपेन्द्रबहादुर थापा र एमालेका अध्यक्ष हिराबहादुर केसी उम्मेदवार बन्नुभएको छ । थापा कांग्रेसका निर्वतमान सभापति हुनु्हुन्छ । त्यस्तै राप्रपाका डिल्लीप्रसाद आचार्य, सामाजिक एकता पार्टीका भक्तबहादुर विक र दीपेन्द्र हमालको स्वतन्त्र उम्मेदवारी परेको छ । 

 

क्षेत्र नंं १ कै ‘ख’ प्रदेशमा कांग्रेसका डिल्लीराम सुवेदी, एमालेका नवराज पौडेलको उम्मेदवारी परेको छ । यो क्षेत्रमा राप्रपाका गोविन्द सापकोटा र मङ्गोल नेशनल अर्गनाइजेसनका सहवीर थापाले उम्मेदवारी दिनुभएको छ ।

 

क्षेत्र नंं २ मा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दर्ता गराउनुभयो । यो क्षेत्रमा एमालेकी मञ्जु शर्मा चालिसेले उम्मेदवारी दर्ता गराउनुभएको छ । पौडेल अघिल्लो पटक यो क्षेत्रबाटै निर्वाचित हुनुहुन्थ्यो । राप्रपाका अञ्चल शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका तिला खत्री, मङ्गोल नेशनल अर्गनाइजेसनका गोवर्धन घर्तीमगरले उम्मेदवारी दिनुभएको छ । 


क्षेत्र नं २ को क प्रदेशमा कांग्रेस सभापति जीतबहादुर शेरचन र स्वतन्त्र प्रकाश घर्तीले उम्मेदवारी दर्ता गराउनुभयो । घर्ती एमालेको समर्थनमा लड्ने तयारीमा हुनुहुन्छ । यहाँ राप्रपाका शङ्कर खरेल, स्वतन्त्रबाट भीमलाल पोखरेलको उम्मेदवारी परेको छ । पोखरेल राजमो सचिव हुनुहुन्छ । 

 

क्षेत्र नंं २ कै ‘ख’ प्रदेशमा कांग्रेसका द्रोण कुँवर र एमालेका लक्ष्मण पुनले उम्मेदवारी दिनुभएको छ । राप्रपाबाट शान्ताकुमारी चन्द, जनता समाजवादी पार्टीबाट गङ्गाबहादुर घर्ती, मंगोल नेशनल अर्गनाइजेसनका ताराबहादुर घर्तीले उमेदवारी दिनुभयो । स्वतन्त्रतर्फ दीपक थापा, नरबहादुर गुरुङ, दुर्गादेवी घर्ती, कर्मती पुन र टेकप्रसाद कामीले उम्मेदवारी दिनुभएको हो ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्