अग्रजले देखेका सपना पुरा गर्नु सच्चा सम्मान: उम्मेदवार भट्टराई

पाेखरा | असोज २६, २०७९

अग्रजले देखेका सपना पुरा गर्नु सच्चा सम्मान: उम्मेदवार भट्टराई

पोखरा  ः  नेकपा एमाले केन्द्रीय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नंं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराईले अग्रजले देखेका  सपना पुरा गर्न सके मात्र उहाँहरुप्रति सच्चा सम्मान हुने बताउनु भएको छ । 


 
नेकपा एमाले पोखरा १७ द्धारा मुस्ताङचोकमा आज आयोजित प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वर्गीय चित्र बहादुर गुरुङको ३२ औं स्मृति सभामा बोल्दै उहाँले मुलुकको प्रत्येक परिवर्तनमा अग्रजको अतुलनिय योगदान रहेको स्पष्ट पार्नुभयो ।

 

मुलुकको प्रजातान्त्रिक आन्दोलनसंगै नेपालमा कम्युनिष्ट पार्टीको , स्थापनामा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने गुरुङले राष्ट्र निर्माण देखाएको सपना पुरा गर्न सवै एकतावद्ध भएर लाग्नुको विकल्प नभएकोमा उहाँको जोड थियो ।नेकपा एमाले केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्र २ (क) का प्रदेश सभा सदस्यका उम्मेदवार भिम कार्कीले पार्टी नीति, विचार र सिद्धान्तका आधारमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो । 

 

अधिवक्ता तिलक पराजुलीले स्व. चित्रबहादुर गुरुङ मुलुकमा परिवर्तनका लागि रोजगारी सिर्जना गर्दै विकास निर्माणमा जुट्न प्रेरित गर्ने अभियान्ता भएको स्मरण गर्नुभयो ।

 

त्यस अघि पार्टीका नेता तथा कार्यकर्ता, जनप्रतिनिधि, नेकपा एमालको तर्पmबाट प्रदेश सभा निर्वाचन क्षेत्र २ (ख) का उम्मेदवार मिना गुरुङ, गठवन्धनका निर्वाचन क्षेत्र नं. २ (क) का उम्मेदवार विश्वप्रकाश लामिछाने, स्व.गुरुङका परिवारजन,  लगायत उपस्थित सर्वसाधारणले गुरुङको अर्धकदको शालिकमा माल्यार्पण गर्दै श्रद्धासुमन अर्पण गर्नुभएको थियो । 

 

पार्टी वडा कमिटि १७ अध्यक्ष ऋषव तिमिलाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव विक्रम गुरुङ लगायतले स्व. गुरुङले राजनैतिक एवम् विकास निर्माण पु¥याउनु भएको योगदानका वारेमा चर्चा गर्नुभएको थियो ।

काठमाडौँ:  हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ ।   गण्डकी प्रदे...

थप पढ्नुहोस्

प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् ।   भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सर...

थप पढ्नुहोस्

दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...

थप पढ्नुहोस्