मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु
पाल्पा | असोज २८, २०७९
सांकेतिक तस्बिर
पाल्पा : रामपुर नगरपालिका–५ सानीअमराईमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । रामपुर–५ बेझाड बजारकी ७० वर्षीया कोपरी दमिनीको गए राति मृत्यु भएको हो ।
उपचारका लागि तानसेन लैजाँदै गर्दा दमिनीको रम्भा गाउँपालिका–१ हुँगीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । कालीगण्डकी करिडोर सडकअन्तर्गत सानीअमराईमा रामपुरबाट स्याङ्जाको दामाचौरतर्फ जाँदै गरेको लु६८प ९९९४ नंको मोटरसाइकलले बाटोमा हिँडिरहेको अवस्थामा उनलाई ठक्कर दिएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते उनलाई रामपुर अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज तानसेन सिफारिस गरिएको थियो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

