पुरुष ह्याण्डबल प्रतियोगितामा गण्डकी फाइनल प्रवेश

पाेखरा | असोज २८, २०७९

पुरुष ह्याण्डबल प्रतियोगितामा गण्डकी फाइनल प्रवेश

पोखरा : आयोजक गण्डकी प्रदेश पुरुष ह्याण्डबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  

 

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पुरुष ह्याण्डबलमा गण्डकीले लुम्बिनीलाई ५४–२१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । गण्डकीका चन्द्र थापाले सर्वाधिक १८ गोल गरे ।

 

अब, गण्डकीले विभागीय आर्मी र सशस्त्रबीचको सेमिफाइनल विजेतासँग स्वर्ण पदकका लागि शनिबार फाइनल खेल्नेछ । आठौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश स्वर्ण पदक विजेता समेत हो ।

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्