पोखरा २५ मा कांग्रेसको घरदैलो सम्पन्न

कास्की | बैशाख २७, २०७९

पोखरा २५ मा कांग्रेसको घरदैलो सम्पन्न

हेमजा:   नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं २५ को चुनावी घरदैलो अभियान सम्पन्न भएको छ ।

 

स्थानिय तह निर्वाचनका लागि यही वैशाख १८ गतेदेखि सुरु भएको वडा नं २५ को चुनावी घरदैलो अभियान मंगलवार सम्पन्न भएको नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं २५ का सचिव तथा घरदैलो अभियानका संयोजक झङ्कनाथ तिम्सिनाले हामीलाई जानकारी दिए । उम्मेदवारहरु मतदाताहरुको घरघरमा पुगेर यसपटक गठबन्धन सहितका उम्मेदवारलाई मत दिएर विजयी गराउन आग्रह गरेका थिए ।

 

घरदैलो अभियान वडा २५ का मतादाताहरुले वडामा भएका समस्याको गुनासो गरेकोमा वडा अध्यक्ष पदका उम्मेदवार मोती तिमिल्सिनाले आफुले जिते महानगर सगंको पहलमा समस्या सामाधान गर्ने प्रतिबद्धता गरे ।

 

त्यस्तै आर्थिक, सामाजिक, शिक्षा, स्वस्थ्य, पुर्वाधार विकासलगायत क्षेत्रमा उत्कृष्ट काम गर्दै वडालाई नमुना वडा बनाउने प्रतिबद्धता जाहेर गरेका थिए । गठबन्धलाई गलत ढंगले नबुझि बुद्धिमता र ईमान्दारिताका साथ आफ्नो मत दिएर पुरै टिमलाई नै जिताउन पनि अध्यक्ष पदका उम्मेदवार तिमिल्सिनाले अनुरोध गरेका थिए ।

 

यसपालीको आसन्न स्थानिय तहको निर्वाचनमा पोखरा महानगरपालिका २५ मा वडा अध्यक्षमा तिमिल्सिनासहित गठबन्धनको टिम चुनावी मैदानमा रहेको छ । जस अन्तर्गत खुल्लामा सुरेश बहादुर साप्कोटा (नेकपा माओवादी केन्द्र), ई . दिपेन्द्र बाँस्तोला (नेकपा एस ) त्यस्तै महिला सदस्य आरति अधिकारी (नेकपा माओवादी केन्द्र)र दलित महिला सदस्य सीता नेपाली ( नेकपा माओवादी केन्द्र) रहेका छन् ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्