प्रतिनिधि सभाको चुनाव वहिष्कार गर्न पोखरामा र्याली
काठमाडाैं | कात्तिक २, २०७९
पोखरा ।
सिपी गजुरेल नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, सन्त बहादुर नेपाली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मसाल, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र रामनारायण पाल नेतृत्वको माओवादी कम्युनिष्ट पार्टीले सँयुक्त रुपमा चुनाव वहिष्कार गर्ने बताएका छन् ।
पोखरामा आज (बुधबार) र्यालीसहित आमसभाको आयोजना गर्दै ४ पार्टीले सँयुक्त रुपमा प्रतिनिधि सभाको चुनाव वहिष्कार गर्ने बताएको हो ।
र्यालीपछि आम सभालाई सम्बोधन गर्दै माओवादी कम्युनिष्ट पार्टीका महासचिव रामनारायण पालले संसदीय व्यवस्था राष्ट्रघात र जनघातको साधन भएकाले प्रतिनिधि सभाको निर्वाचन वहिष्कार गरेको स्पष्ट पारे ।
यसअघि ४ दलीय समुहले मानवअधिकार चोकदेखि र्याली सुरु गरि न्यूरोड, सभागृह हुदैं पृथ्वीचोकमा आएर आमसभा गरेको थियो ।
र्यालीको क्रममा उनीहरुले प्रतिक्रियावादी संसदीय व्यवस्था खारेज गरौं, नयाँ जनवाद वैज्ञानिक समाजवाद स्थापना गरौं लगायतका नाराबाजी गरेका थिए ।
४ कम्युनिष्ट पार्टीद्वारा चुनाव वहिष्कार किन?

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

