पुरुष भलिबलको फाइलनमा आर्मी र एपिएफ

पाेखरा | कात्तिक २, २०७९

पुरुष भलिबलको फाइलनमा आर्मी र एपिएफ

पोखरा : पोखरामा जारी नवौं खेलकुद अन्र्तगत पुरुष तर्फको खेलमा  त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब फाइनल प्रवेश गरेको छ । 

 

बुधबार पोखरा रंगशालाको भलिबल कोर्टमा सम्पन्न पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो । 

 

सेमिफाइनलमा आर्मीले पुलिसलाई २५-१८, २१-२५, २५-२३ र २५-१९ले पराजित गरेको थियो । खेलको दौरानमा पुलिसका झमनसिंह दर्जी घाइते भएका छन् । 

 

यस्तै दोस्रो सेमिफाइलन खेलमा गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लब फाइलन प्रवेश गरेको छ ।

 

घरेलु टोली गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लब नवौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष भलिबलको फाइनलमा प्रवेश गरेको हो ।

 

एपिएफले गण्डकीमाथि ३–० को सोझो सेटमा जित निकाल्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो । एकपक्षीय खेलमा एपिएफले २५–२१, २७–२५ र २५–१५ को सोझो सेटमा जित निकाल्यो ।

 

पहिलो सेटमा एकसमय १६–१७ कोे स्थिति रहँदा एपिएफले अग्रता जित निकाल्न सफल भयो । प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा गण्डकीले बलियो चुनौती पेश गरेपनि एपिएफलाई रहँदा सकेन । तेस्रो सेटमा गण्डकी झनै निरिह बन्दा पराजित हुन पुग्यो ।

 

अब एपिएफले उपाधिका लागि बिहीबार आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । पुलिस र गण्डकीबीच बिहीबारै तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।

कास्की २ मा नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला ‘मधु’ लडेर घाइते भएका छन् ।   उनी निर्वाचनका लागि घरदैलो गर्ने क्रममा पोखरा ११ फूलबारीमा सिँढीबाट लडेका हुन् ।   ...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज (आइतबार) देखि दोस्रो चरणका खेल सुरु भएको छ ।   बुद्धटोल युवा क्लबको आ...

थप पढ्नुहोस्

भारतले साफ यु‌ १९ महिला फुटबल च्याम्पियन्ससिपको उपाधि जितेको छ।   भारतसँग ४-० ले पराजित भएपछि बंगलादेशले उपाधि रक्षा गर्न सकेन । पोखरा रगंशालामा आज भएको फाइनलमा बंगलादेशलाई हराएपछि भारत ...

थप पढ्नुहोस्