कराँतेमा ९ स्वर्णसहित पुलिस च्याम्पियन

पाेखरा | कात्तिक २, २०७९

कराँतेमा ९ स्वर्णसहित पुलिस च्याम्पियन

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता, २०७९ अन्तर्गत कराँतेका १९ स्वर्ण पदकमध्ये विभागिय नेपाल पुलिस क्लवले सर्वाधिक ९ स्वर्ण पदक हात पार्दै करातेमा आफ्नो बर्चस्व कायम गरेको छ ।


 
गत असोज २९ गतेदेखि बुधबारसम्म पर्वत सदरमुकाम कुश्मा बजारको बडागाउँस्थित सेमी कभर्ड हलमा भएको ५३ औं राष्ट्रिय कराँते प्रतियोगितामा ९ स्वर्ण, ३ रजत र ५ कास्य पदक गरि कुल १७ पदक सहित पुलिस च्याम्पियन बन्न सफल भएको हो । 

 

दोस्रो स्थानमा रहेको एपीएफ क्लबले ५ स्वर्ण, २ रजत र ७ कास्य सहित १४ पदकका हासिल ग¥यो । त्रिभुवन आर्मी क्वल २ स्वर्ण, ५ रजत र १ कास्य गरी कुल ८ पदक सहित तेस्रो स्थानमा रह्यो । 

 

बागमती प्रदेशले २ स्वर्ण, २ रजत र ४ कास्य गरि ८ पदक हात पारेको छ । त्यस्तै सुदुरपश्चिम प्रदेशले १ स्वर्ण सहित ६ कास्य पदक प्राप्त गर्दा गण्डकीले ३ रजत र ३ कास्यमा चित्त बुझायो । प्रदेश नम्बर १ ले ३ रजत र ६ कास्यपदक प्राप्त ग¥यो । लुम्बिनी प्रदेशले १ रजत र ३ कास्य पदक प्राप्त गर्दा कर्णालीले भने २ कास्य पदकमा मात्रै चित्त बुझाउनुप¥यो । 

 

कर्णाली प्रदेशले २ कास्य पदक लिन सफल हुँदा मधेश प्रदेशले भने १ कास्यमा मात्रै चित्त बुझाएको छ । 

 

करातेमा १९ स्वर्ण, १९ रजत र ३८ कास्य सहित जम्मा ७६ पदकका लागि खेल भएको हो । हतारमा भएको तयारीका बिच कराँतेका खेलाडीहरुले भने पर्वतमा खेल पुर्वाधारको अभाव भएको प्रतिकृया दिएका छन् ।  खेलको अन्तिम दिन खेलाडीलाई कुश्मा नगरपालिकाका मेयर राम चन्द्र जोशीले पदक हस्तान्त्रण गरेका हुन ।
 

कास्की २ मा नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला ‘मधु’ लडेर घाइते भएका छन् ।   उनी निर्वाचनका लागि घरदैलो गर्ने क्रममा पोखरा ११ फूलबारीमा सिँढीबाट लडेका हुन् ।   ...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज (आइतबार) देखि दोस्रो चरणका खेल सुरु भएको छ ।   बुद्धटोल युवा क्लबको आ...

थप पढ्नुहोस्

भारतले साफ यु‌ १९ महिला फुटबल च्याम्पियन्ससिपको उपाधि जितेको छ।   भारतसँग ४-० ले पराजित भएपछि बंगलादेशले उपाधि रक्षा गर्न सकेन । पोखरा रगंशालामा आज भएको फाइनलमा बंगलादेशलाई हराएपछि भारत ...

थप पढ्नुहोस्