स्क्वासमा टिम इभेन्ट तर्फ लुम्बिनीलाई कास्य
पाेखरा | कात्तिक ३, २०७९
पोखरा : पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा सम्पन्न स्क्वास प्रतियोगिताको पुरुष टिम इभेन्टतर्फ लुम्बिनी प्रदेशले कास्य पदक प्राप्त गरेको छ ।
आज (बुधबार) भएको खेलमा लुम्बिनी प्रदेशका ज्ञानुबहादुर चौधरीले नम्बर १ का योगेन्द्र लिम्बुलाई ३–० को सोझो सेटमा पराजित गरे भने, दोस्रो खेलमा लुम्बिनी प्रदेशका अर्जुन गाहा (शुसान्त)ले प्रदेश नम्बर १ का धनबहादर घलेलाई ३–० को सोझो सेटमा पराजित गर्दै लुम्बिनी प्रदेशलाई कास्य पदक दिलाएको हो ।
लुम्बिनी प्रदेशको खेलाडीहरुमा ज्ञानुबहादर चौधरी, सुदिप सिङ र अर्जुन गाहा शुसान्त रहेका थिए ।
उक्त खेलमा दुई विभागिय टोलि त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ र पाँचवटा प्रदेशको मध्य गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १, प्रदेश नम्बर २ र बागमती प्रदेशको सहभागिता रहेको थियो ।
प्रतियोगितामा २ विभागीय र ५ प्रदेशको गरि पुरुषतर्फ कुल २५ जना र महिलातर्फ ७ जनाको सहभागिता रहेको थियो ।
पोखरा: कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ । कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले उद्घाटन गर्न...
काठमाडौं: राष्ट्रिय सभाका रिक्त १७ सिटकालागि भोलि निर्वाचन हुँदैछ । मतदान भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएको मतदान केन्द्रमा हुने निर्वाचन आयोगले जनाएको छ । १८ सिट रिक्...
काठमाडौं: आईसीसीले टी–२० विश्वकप २०२६ बाट बंगलादेशलाई हटाउँदै स्कटल्याण्डलाई खेलाउने निर्णय गरेको छ। बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले भारतमा खेल्न अस्वीकार गरेपछि आईसीसीले बंगलादेशलाई प्रति...

